कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

१७ अंक घट्यो नेप्से, सबै सूचकमा गिरावट

कान्तिपुर संवाददाता

काठमाडौँ — मंगलबार सेयर बजारको परिसूचक नेप्से १७.५६ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से १९५८ अंकमा कायम भएको छ । परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । कुल १ अर्ब १९ करोड रुपैयाँको धितोपत्र कारोबार भयो । हिजो १ अर्ब ७३ करोडको कारोबार भएको थियो । 

१७ अंक घट्यो नेप्से, सबै सूचकमा गिरावट

बैंकिङ ७, विकास बैंक ४६, फाइनान्स २२, होटल तथा पर्यटन ६४, जलविद्युत् २९, जीवन बीमा ८७, उत्पादन ३७, माइक्रोफाइनान्स ३१, निर्जीवन बीमा ७१, अन्य १५ र ब्यापार उपसमूह ४२ अंक घटे । कुल ४४ कम्पनीको मूल्य बढ्दा १८७ को घट्यो भने २ को स्थिर रहृयो । समता घरेलु लघुवित्त, घलेम्दी हाइड्रोपावरको करिब ८ प्रतिशत बढ्यो । सामुदायिक लघुवित्तको मूल्य भने साढे ७ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा सिटिजन लाइफ इन्स्योरेन्स, एनआईसी एसिया बैंक, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट र सन नेपाल लाइफ इन्स्योरेन्स क्रमशः अगाडि रहे । बजारको पुँजीकरण २९ खर्ब ८६ अर्बमा झरेको छ ।

प्रकाशित : आश्विन १६, २०८० १६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?