कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

पोखरामा ‘दसैं जुत्ता–चप्पल मेला’

कान्तिपुर संवाददाता

पोखरा — पोखरामा जुत्ता–चप्पलहरूको संयुक्त सोरुम सञ्चालन गरिरहेको पोखरा फुटवेयर बिजनेस सेन्टरमा दसैंतिहार लक्षित ‘दसैं जुत्ता–चप्पल मेला’ सुरु भएको छ ।

बिजनेस सेन्टरको सिर्जनाचोक सोरुम र सिद्धार्थचोक सोरुम दुवै ठाउँमा मेलाअन्तर्गतको छुट अफर लागू भएको सञ्चालक सविन कार्कीले जानकारी दिए । मेलाका अवसरमा जुत्ता–चप्पल खरिद गर्दा १५ देखि ६० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने जनाइएको छ । चाडपर्वको अवसरमा उपभोक्तालाई राहत होस् भन्ने उद्देश्यले मेला आयोजना गरेर छुट प्रदान गरिएको कार्कीले बताए । सोरुममा १० कम्पनीका ३० भन्दा बढी ब्रान्डका जुत्ता–चप्पल उपलब्ध छन् ।

प्रकाशित : आश्विन १६, २०८० ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?