कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

सीएनआई कोशी प्रदेशमा सारडा सर्वसम्मत

विनोद भण्डारी

विराटनगर — नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशको अध्यक्षमा उद्योगी पवनकुमार सारडा शुक्रबार सर्वसम्मत चयन भएका छन् । उनी मोरङ व्यापार संघका पूर्वअध्यक्ष पनि हुन् । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा संघका निवर्तमान अध्यक्ष प्रकाश मुण्दडा नियुक्त भएका छन् ।

सीएनआई कोशी प्रदेशमा सारडा सर्वसम्मत

उपाध्यक्षमा नवलकिशोर कावरा, देवेन्द्रप्रसाद गुप्ता, सुशिल जोशी, दिपक पौडेल, कृष्ण अग्रवाल र गिरिजा शारडा चयन भएका छन । मानर्थ उपाध्यक्षमा घनश्याम कावरा, रमेश राठी र गिरिस लुनिया तथा कोषाध्यक्षमा साकेत राठी चुनिएका छन ।

त्यस्तै सदस्यमा राजेन्द्र राठी, डेनिस कार्की, दिवस सुवेदी, वेदान्त जाजु, कर्ण रायमाझी, मधुर दुगड, ऋषभ दाहाल, मुकेश कोठारी, जितेन्द्र राठी, अदिवअली अन्सार, अजिता वराल, पुनित पौडेल, हरिवंश राठी, सन्न अग्रवाल, पवन पञ्कज पारख, दिवाकर राठी र अजय राठी चुनिएका छन् । त्यसैगरी प्रमुख सल्लाहकारमा मोरङ व्यापार संघका पूर्वअध्यक्ष महेश जाजु सहित वासु गोल्यान, सुशिल धनावत, सन्तोश रिजाल, शंकरलाल अग्रवाल र श्रीनिवास सारडा छानिएका छन् ।


प्रकाशित : आश्विन १२, २०८० १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र डा. गोविन्द केसीबीच चिकित्सा शिक्षाको विषयमा भइरहेको आरोप्रत्यारोपबारे के भन्नुहुन्छ?