१६ अंक बढ्यो सेयर बजार, हाइड्रोपावरमा उच्च वृद्धि

कान्तिपुर संवाददाता

काठमाडौँ — मंगलबार सेयर बजारको परिसूचक नेप्से १६.२४ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से १९८५ अंकमा कायम भएको छ । परिसूचकका अलवा कारोबार रकम पनि बढेको छ । हिजो कुल ८७ करोड ४ लाखको कारोबार भएकोमा आज १ अर्ब १७ करोडको कारोबार भयो । 

१६ अंक बढ्यो सेयर बजार, हाइड्रोपावरमा उच्च वृद्धि

कुल १८२ कम्पनीको मूल्य बढ्दा ३६ को घट्यो भने १० को स्थिर रह्यो । प्रतिशतका आधारमा यस दिन हाइड्रोपावर उपसमूह सबैभन्दा धेरै ३.२ प्रतिशत बढ्यो । अंकका आधारमा वाणिज्य बैंक ४, विकास बैंक ५५, फाइनान्स ३३, जलविद्युत् ६४, जीवन बीमा ३९, उत्पादन ३८, माइक्रोफाइनान्स १८, निर्जीवन बीमा ८० र अन्य उपसमूह १ अंक बढे । होटल तथा पर्यटन ५ र ब्यापार उपसमूह भने २८ अंक घटे ।

शुभम् पावर, थ्रीस्टार हाइड्रोपावर र मेन्छियाम हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । बलेफी हाइड्रोको ९.८ र अभियान लघुवित्तको मूल्य ९.७ प्रतिशत बढ्यो । इमर्जिङ नेपालको मूल्य सबैभन्दा धेरै ८ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, ओरियन्टल होटल, एनआईसी एसिया बैंक, माछापुच्छ्रे बैंक र शिवम् सिमेन्ट क्रमशः अगाडि रहे ।

प्रकाशित : आश्विन २, २०८० १५:०६
प्रतिक्रिया
पठाउनुहोस्