कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

बढ्यो सेयर बजार, कारोबार ८७ करोडमा सीमित 

काठमाडौँ — सोमबार अन्ततः सेयर बजार सम्हालिएको छ । ब्याजदर वृद्धिका कारण आइतबार ४२ अंक घटेको सेयर बजार सोमबार भने ४ अंक बढ्यो । सो अंकको वृद्धिपछि नेप्से १९६९ अंकमा कायम भएको छ ।

बढ्यो सेयर बजार, कारोबार ८७ करोडमा सीमित 

कारोबार रकम भने जम्मा ८७ करोड ४ लाखमा खुम्चिएको छ । हिजो २ अर्ब २ करोडको कारोबार भएको थियो । कुल १४९ कम्पनीको मूल्य बढ्दा ६२ को घट्यो भने १५ को स्थिर रहृयो ।

बैंकिङबाहेकका सबै उपसमूह बढेका छन् । सो उपसमूह ५ अंक घट्यो । विकास बैंक १४, फाइनान्स १५, होटल तथा पर्यटन ४०, जलविद्युत् २०, जीवन बीमा ३४, उत्पादन १९, माइक्रोफाइनान्स ७, निर्जीवन बीमा ५९, अन्य ७ र ब्यापार उपसमूह ४८ अंक बढे । इमर्जीङ नेपाल र थ्रीस्टार हाइड्रोको मूल्य १० प्रतिशत बढ्यो भने शुभम् पावरको मूल्य १० प्रतिशत नै घट्यो । कारोबार रकमका आधारमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, एनआईसी एसिया बैंक, साल्ट ट्रेडिङ, एभरेस्ट बैंक र आईएमई लाइफ इन्स्योरेन्स क्रमशः अगाडि रहे ।


प्रकाशित : आश्विन १, २०८० १५:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाले नेपालमा फेरि हवाइ सुरक्षाको प्रश्न उठेको छ । पटकपटक दुर्घटना भइरहनुको मुख्य कारण के होला ?

×