३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

पौने ४ खर्बले निक्षेप बढ्दा साढे १ खर्ब मात्र कर्जा प्रवाह

काठमाडौँ — बैंक तथा वित्तीय संस्थामा निक्षेप बढिरहे पनि कर्जा प्रवाहको गति न्यून रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । गत वैशाखसम्मको तथ्यांकअनुसार १० महिनामा बैंक तथा वित्तीय संस्थामा ३ खर्ब ७० अर्ब ७८ करोड निक्षेप संकलन भएको छ । गत असारको तुलनामा यो करिब ७.३ प्रतिशतको वृद्धि हो ।

पौने ४ खर्बले निक्षेप बढ्दा साढे १ खर्ब मात्र कर्जा प्रवाह

अघिल्लो वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप २ खर्ब ३१ अर्ब ३२ करोड (५.० प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा ०८० वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ११.४ प्रतिशतले बढेको छ । यस्तै, गत साउनदेखि वैशाखसम्म बैंक तथा वित्तीय संस्थाले कुल १ खर्ब ५३ अर्ब १७ करोड रुपैयाँ कुल कर्जा प्रवाह भएको छ । गत असारको तुलनामा यो ३.३ प्रतिशतको वृद्धि हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५ खर्ब ४८ अर्ब १४ करोड (१३.४ प्रतिशत) ले बढेको थियो ।

वार्षिक बिन्दुगत आधारमा ०८० वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ३.१ प्रतिशतले बढेको छ । यस्तै, ०८० वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.९ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.७ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.४ प्रतिशत र ३६.६ प्रतिशत रहेको थियो ।

प्रकाशित : जेष्ठ २७, २०८० १५:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?