१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

देशको मूल्यवृद्धि दर ७.४१%, पोहोरभन्दा कम

काठमाडौँ — मूल्यवृद्धि दर (मुद्रास्फीति) पोहोरको तुलनामा खुम्चिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार वैशाख महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४१ प्रतिशत छ । जबकि अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.८७ प्रतिशत थियो ।

देशको मूल्यवृद्धि दर ७.४१%, पोहोरभन्दा कम

खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.५४ प्रतिशत हुँदा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति भने ८.८९ प्रतिशत छ । मूल्यवृद्धि काठमाडौं उपत्यकामा अन्यन्त्रभन्दा बढी पाइएको छ । काठमाडौं उपत्यकामा ७.६८ प्रतिशत, तराईमा ७.१५, पहाडमा ७.५७ र हिमालमा ७.१२ प्रतिशत मुद्रास्फीति रहेको राष्ट्र बैंकले जनाएको छ ।

खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २६.६१ प्रतिशत, रेष्टुरेन्ट तथा होटलको १४.८७, खाद्य तथा खाद्यजन्य पदार्थको १३.६९, दुग्ध पदार्थ तथा अण्डाको १०.४१ प्रतिशत र सुर्तीजन्य पदार्थको ८.४९ प्रतिशत बढेको छ ।

प्रकाशित : जेष्ठ २६, २०८० १३:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?