बीमा क्षेत्रको सुधार गर्न संस्थागत क्षमता अभिवृद्धि आवश्यक : अर्थमन्त्री

काठमाडौँ — अर्थमन्त्री डा.प्रकाशशरण्मा महतले नेपालको बीमा क्षेत्रलाई थप प्रभावकारी बनाउन नियामक निकाय र बीमा एजेन्ट (ब्रोकर) को संस्थागत क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा भएको एसियन इन्स्योरेन्स मिट २०२३ लाई सम्बोधन गदै अर्थमन्त्री महतले बीमा क्षेत्रलाई सुधार गर्न आवश्यक रहेको बताए ।

बीमा क्षेत्रको सुधार गर्न संस्थागत क्षमता अभिवृद्धि आवश्यक : अर्थमन्त्री

नेपालका बीमा ब्रोकरले ग्राहकलाई उनीहरूले सामना गर्ने जोखिम र तिनीहरूलाई न्यूनीकरण गर्न उपलब्ध बीमाबारे शिक्षित गर्न नसकेको महतले बताए । ‘उदीयमान जोखिमको युगमा, ब्रोकरहरूले ग्राहकलाई उनीहरूले सामना गर्ने जोखिम र तिनीहरूलाई न्यूनीकरण गर्न उपलब्ध बीमा उत्पादनहरूबारे शिक्षित गर्न आफ्नो ज्ञान र विशेषज्ञता अभिवृद्धि गर्नमा ध्यान केन्द्रित गर्नुपर्छ’ महतले भने ‘डिजिटल प्लेटफर्महरू अँगालेर र प्रविधिको फाइदा उठाउँदै ब्रोकरहरूलाई सर्वसाधारणमाझ पुग्न सक्षम बनाउनुहोस् ।’ उनले बीमा क्षेत्रमा लचिलोपन निर्माण गर्न सबै सरोकारवालाहरूको सामूहिक प्रयास आवश्यक रहेको पनि बताए । बीमा उद्योगले आम नागरिकहरूको हितको संरक्षण गर्ने मात्रै नभइ राष्ट्रको दिगो विकासमा पनि योगदान पुर्‍याउने उनको भनाइ छ ।


प्रकाशित : जेष्ठ २६, २०८० १२:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?