२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

चाँदीको मूल्यमा नयाँ रेकर्ड, ४ वर्षमै भाउ दोब्बर

काठमाडौँ — शुक्रबार चाँदीको मूल्य नेपाली बजारमा हालसम्मकै उच्च भएको छ । गत फागुनमा बनेको उच्च मूल्यको रेकर्ड शुक्रबार तोडिएको हो । यस दिन चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्यमा नयाँ रेकर्ड, ४ वर्षमै भाउ दोब्बर

यसअघि गत फागुन २९ गते चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ५० रुपैयाँ पुगेर उच्च रेकर्ड बनेको थियो । सुनचाँदी बजारमा पछिल्लो ४ वर्षमै चाँदीको मूल्य दोब्बर भएको छ । २०७६ साल जेठ २७ गते चाँदीको मूल्य प्रतितोला ७१५ रुपैयाँ थियो । यो ४ वर्षको अवधिमा सुनभन्दा चाँदीको मूल्य वृद्धिदर उच्च देखिएको छ ।

चाँदीको मूल्य दोब्बर हुँदा सुनको मूल्य भने दोब्बर हुन सकेको छैन । सो दिन सुनको मूल्य प्रतितोला ६२ हजार ३ सय रुपैयाँ थियो भने हाल १ लाख १२ हजार ५ सय रुपैयाँ छ । सुनको मूल्यले भने एक साताअघि जेठ १९ गते हालसम्मकै उच्च मूल्य प्रतितोला १ लाख १३ हजार ३ सय रुपैयाँको रेकर्ड बनाएको छ । डलरको मूल्यवृद्धि तथा बजेटबाट करका दर बढाइँदै जाँदा नेपाली बजारमा सुनचाँदीकाे मूल्य वृद्धिदर अन्तर्राष्ट्रय बजारमा भन्दा उच्च हुने गरेको छ ।


प्रकाशित : जेष्ठ २६, २०८० १२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?