गौचरण बनेका २२ एयरपोर्टमा छिट्टै जहाज पुग्छ : मन्त्री किराती

डम्बरसिं राई

खोटाङ — संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले गौचरणमा परिणत भएका एयरपोर्टहरुमा छिट्टै नै जहाज पुग्ने बताएका छन् । विभिन्न कार्यक्रममा खोटाङ आएका किरातीले जिल्ला समन्वय समिति खोटाङद्वारा बिहीबार बिहान आयोजित कार्यत्रममा जहाज अभावका कारण देशभरका २२ वटा एयरपोर्ट गौचरणमा परिणत भएको र ती एयरपोर्टमा छिट्टै जहाज खरिद गरेर सञ्चालन गरिने बताए । 

गौचरण बनेका २२ एयरपोर्टमा छिट्टै जहाज पुग्छ : मन्त्री किराती

मनमाया राई खानीडाँडा, लामीडाँडा लगायत देशभरका २२ वटा विमानस्थल गौचरणमा परिणत भएको र तीन वटा जहाज खरिद गरेपछि बन्द ती एयरपोर्ट सञ्चालन गरिने बताए । अहिले पहाडी जिल्लाहरुमा एउटा टुइनटर जहाज सञ्चालनमा रहेको र एउटा बिग्रिएर थन्किएकाले सेवा दिन नसकिएको उनको भनाइ छ । ‘जहाज नभएर देशभरका २२ वटा एअरपोर्टहरु बन्द भएको छ,’ किरातीले भने ‘तीन वटा नयाँ जहाज खरिद, एउटा मर्मत र सञ्चालनमा रहेको एउटा गरी पाँच वटा जहाज भएपछि एकै जना सुत्केरी लिन भए पनि जहाज आउँछ ।’

पाँच वटा टुइनटर जहाज चालु आवस्थामा भएपछि दुई वटा पश्चिममा, एउटा विराटनगरमा र एउटा काठमाडौंमा राखेर सेवा दिने किरातीले बताए । तर जहाज खरिद गर्नै नदिन चलखेल सुरु भएको किरातीले दाबी गरे । धमिजा काण्ड, लाउडा काण्डदेखि भ्रष्टाचारले चुर्लुम्म भएकाले नेपाल वायु सेवा ऋणै–ऋणमा चुर्लुम्म डुबेको उनको भनाइ छ । तर पनि चार महिनाको अवधिमा ऋण तिर्न सुरु गरिएको उनले बताए । ठूलो नेपाली ध्वजाबाहक विमानले फाइदा कमाउने र त्यसबाट सानो जहाज सञ्चालन गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।

मन्त्री किरातीले बुधबार बेलुका पुर्ख्यौली थलो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा लाफेहँछा बङशावली विमोचन, बिहीबार विहान दिक्तेल बजारमा अग्नि नियन्त्रण यन्त्र उद्घाटन र किरात ऐतिहासिक थलो तुवाचुङ जायजुममा यो वर्षको उभौली साकेला सिलीको मैझारो कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किएका छन् ।

प्रकाशित : जेष्ठ २५, २०८० १६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?