म्याद थपको माग गर्दै मन्त्री ज्वालालाई व्यवसायीको ध्यानाकर्षण

काठमाडौँ — आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत् सरकारले म्याद थप लगायतका महत्त्वपूर्ण मागहरू सम्बोधन नगरेको भन्दै आन्दोलित नेपाल निर्माण व्यवसायी महासंघले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको ध्यानाकर्षण गराएको छ ।

म्याद थपको माग गर्दै मन्त्री ज्वालालाई व्यवसायीको ध्यानाकर्षण

महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (एडी) नेतृत्वको प्रतिनिधिमण्डलले मंगलबार मन्त्री ज्वालालाई भेटी महासंघका मागहरूका विषयमा ध्यानाकर्षण गराएको हो ।

उपाध्यक्ष लामाले माइलस्टोनको खारेजीसहित म्याद थप, भुक्तानी, मूल्य समायोजन लगायत व्यवसायीहरूको महत्त्वपूर्ण मागहरूबारे बजेटमा केही सम्बोधन नभएकाले व्यवसायीहरू ठूलो मारमा परेको उनले बताए ।

मूल्य समायोजनसहित एकमुष्ट रुपमा २०८१ असार मसान्तसम्म सबै आयोजनाहरूको म्याद थप हुनुपर्ने उनले बताए ।

व्यवसायीहरूको रकम भुक्तानी भएमा अर्थतन्त्र चलायमान भई त्यसको सकारात्मक प्रभाव राज्यको अर्थतन्त्रमै देखिने उनको भनाइ थियो । विदेशी निर्माण व्यवसायीहरूको तुलनामा स्वदेशी व्यवसायीहरूले राम्रो काम गरेको दाबी गर्दै उनले म्याद थप गर्नुको विकल्प नभएको बताए ।

जवाफमा मन्त्री ज्वालाले म्याद थप र भुक्तानीका विषयमा आफू सकारात्मक रहेको भन्दै व्यवसायीहरूको समस्या समाधानमा सक्दो पहल गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित : जेष्ठ २३, २०८० २०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?