१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

२५ अंक बढ्यो सेयर परिसूचक, सबै उपसमूह बढे

काठमाडौँ — मंगलबार सेयर बजारको परिसूचक नेप्से २५.६६ अंक बढेको छ । सो अंकको वृद्धिपछि परिसूचक १९२७ अंकमा कायम भएको छ । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा सामान्य बढेको छ । सोमबार १ अर्ब ९७ करोडको धितोपत्र किनबेच भएकोमा मंगलबार १ अर्ब ९८ करोडको कारोबार भयो । 

२५ अंक बढ्यो सेयर परिसूचक, सबै उपसमूह बढे

कुल १८५ कम्पनीको मूल्य बढ्दा ३१ कम्पनीको घट्यो भने ४ को स्थिर रहृयो । बजारका सबै उपसमूह बढेका छन् । बैंकिङ १, विकास बैंक २७, फाइनान्स १८, होटल तथा पर्यटन २२५, जलविद्युत ७५, जीवन बीमा १५६, उत्पादन ४८, माइक्रोफाइनान्स ३२, निर्जीवन बीमा ४३१, अन्य ३ र ब्यापार उपसमूह २९ अंक बढे ।

न्यादी हाइड्रो पावरको मूल्य ९.८ प्रतिशत बढ्यो । सोल्टी होटलको ८.७, प्रभु इन्स्योरेन्सको ८, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ७.८ प्रतिशत मूल्य बढ्यो । कारोबार रकमका आधारमा सोल्टी होटल, शिवम् सिमेन्ट, माथिल्लो तामाकोसी, नेपाल टेलिकम र आईएमई जनरल इन्स्योरेन्स कम्पनी क्रमशः अगाडि रहे ।


प्रकाशित : जेष्ठ २३, २०८० १५:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?