बियर उद्योगको सोलार बिजुली राष्ट्रिय ग्रिडमा जडान

काठमाडौँ — नवलपरासीस्थित राज ब्रुअरी उद्योगको छानोमा राखिएका सोलारबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ । बडवाइजर बियर उत्पादन गर्दै आएको राज ब्रुअरीले सोलार बिजुलीबाटै आफ्नो कारखाना सञ्चालन गरी बाँकी रहेको बिजुली राष्ट्रिय ग्रिडबाट वितरण थालेको हो ।

बियर उद्योगको सोलार बिजुली राष्ट्रिय ग्रिडमा जडान

प्राइभेट इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट ग्रुप, कम्पनी इन्फ्राको एसिया र सरल ऊर्जा नेपालको संयुक्त लगानीमा सिम्पल इनर्जीले सोलार सिस्टमको डिजाइन, स्थापना र सञ्चालन गरेको हो । ५ सय किलोवाटको सोलार परियोजनाले वार्षिक करिब ८४४ मेगावाट आवर स्वच्छ ऊर्जा उत्पादन गर्ने सिम्पल इनर्जीले जनाएको छ । नेपालमा हालसम्म उत्पादित विद्युत्मा सोलारको हिस्सा निकै न्यून छ । राज ब्रुअरीका प्रवन्ध निर्देशक राजबहादुर शाहले कार्बन फुटप्रिन्ट घटाउनु अब संस्थागत जिम्मेवारी पनि भएको बताए । सिम्पल इनर्जीका प्रमुख कार्यकारी अधिकृत अपार न्यौपानेले स्वच्छ ऊर्जा र नाफा सँगसँगै जान सक्छ भन्ने उदाहरण यो परियोजना भएको बताए । त्यसका साथै सिम्पल इनर्जीले आगामी दिनहरुमा महिलाहरुलाई सोलार रुफटप सेटअप गर्न प्रशिक्षण दिई राष्ट्रिय अर्थतन्त्र तथा वातावरण संरक्षणमा योगदान पुर्‍याउने उनले प्रतिबद्धता जनाए ।

प्रकाशित : जेष्ठ २१, २०८० १९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?