१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

सेयर बजारमा उच्च अंकको वृद्धि, नेप्से १९१९ अंकमा

काठमाडौँ — आर्थिक विधेयकका अस्पष्ट विषयमा लगानीकर्ता र सरकारबीच सहमति भएसँगै सेयरमा बजारमा उच्च अंकको वृद्धि देखिएको छ । आइतबार सेयर बजारको परिसूचक नेप्सेसहित सबै सूचक बढेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ५३.३ अंक बढेको छ ।

सेयर बजारमा उच्च अंकको वृद्धि, नेप्से १९१९ अंकमा

सो अंकको वृद्धिपछि नेप्से १९१९ अंकमा बन्द भएको छ । कुल १ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको छ । दिनभर कुल २१७ कम्पनीको मूल्य बढ्दा ३ कम्पनीको घट्यो । बजारका सबै उपसमूह बढेका छन् । बैंकिङ १७, विकास बैंक ११७, फाइनान्स ५२, होटल तथा पर्यटन २७४, जलविद्युत ९१, जीवन बीमा ३४२, उत्पादन १५७, माइक्रोफाइनान्स ८८, निर्जीवन बीमा ४०७, अन्य ४२ र ब्यापार उपसमूह ८२ अंक बढे ।

आईएमई जनरल इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । सामुदायिक लघुवित्तको ९.८, सोल्टी होटलको ९.६, तारागाउा रिजेन्सीको ९.६, माहुली लघुवित्तको ९.१, ओरियन्टल होटलको ८.४ प्रतिशत मूल्य बढ्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, सोल्टी होटल, चिलिमे हाइड्रोपावर, एनआईसी एसिया बैंक र सानिमा माइ हाइड्रोपावर क्रमशः अगाडि रहे ।

यसअघि अर्थ मन्त्रालयमा भएको वार्तामा प्राकृतिक व्यक्तिले लगानी गरेको सूचीकृत धितोपत्र बिक्री गर्दा हुने लाभमा साविक बमोजिमकै कानुनी व्यवस्था कायम रहेको र त्यस्तो कारोबारबाट भएको लाभमा ५ वा ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम हुनेगरी सहमति भएको छ । सहमतिपश्चात सबै विरोधका कार्यक्रम स्थगित गरिएको सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेलले जानकारी दिए । ‘प्राकृतिक व्यक्तिका लागि हालको पुँजीगत लाभकर नै अन्तिम हुने सहमति भएको छ, विधेयकबाट यो विवादित विषय फिर्ता लिने सहमति भएको छ’ उनले भने ।

प्रकाशित : जेष्ठ २१, २०८० १५:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?