सेयर लगानीकर्ता र सरकारबीच सहमति, ५ र ७.५% लाभकर अन्तिम 

काठमाडौँ — आर्थिक विधेयकमा उल्लेख गरिएका विवादित विषयबारे सेयर लगानीकर्ता र सरकारबीच सहमति भएको छ । अर्थ मन्त्रालयमा भएको वार्तामा प्राकृतिक व्यक्तिले लगानी गरेको सूचीकृत धितोपत्र बिक्री गर्दा हुने लाभमा साविक बमोजिमकै कानुनी व्यवस्था कायम रहेको र त्यस्तो कारोबारबाट भएको लाभमा ५ वा ७.५ प्रतिशत पुँजीगत लाभकर अन्तिम हुने सहमति भएको हो ।

सेयर लगानीकर्ता र सरकारबीच सहमति, ५ र ७.५% लाभकर अन्तिम 

सहमतिपश्चात सबै विरोधका कार्यक्रम स्थगित गरिएको सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेलले जानकारी दिए । ‘प्राकृतिक व्यक्तिका लागि हालको पुँजीगत लाभकर नै अन्तिम हुने सहमति भएको छ, विधेयकबाट यो विवादित विषय हटाउने सहमति भएको छ’ उनले भने । सेयर लगानीकर्ताले आयविवरण बुझाई आयकर बुझाउँदा ५० प्रतिशत छुट दिने भन्दै सरकारले विधेयकमा छुट सुविधा उल्लेख गरेपछि लगानीकर्ता शशंकित भएका थिए ।

आर्थिक विधेयको दफा २९ मा उल्लेख गरिएको धितोपत्र, तथा घरजग्गाको व्यवसायिक कारोबार गर्नेलाई छुट सम्बन्धी विशेष व्यवस्थामा भनिएको छ ‘प्राकृतिक व्यक्तिले नियमित व्यवसायको रुपमा धितोपत्र, जग्गा तथा घरजग्गा कारोबारको आय विवरण तथा कर दाखिल गर्ने बाँकी रहेको भए आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्मको त्यस्तो कारोबारको घोषणा गरी आयकर ऐन, २०५८ बमोजिम लाग्ने करको ५० प्रतिशत रकम २०८० साल चैत मसान्तभित्र दाखिल गरेमा सोमा लाग्ने बाँकी कर, शुल्क तथा ब्याज मिनाहा हुनेछ र यसरी कर दाखिल गर्ने प्राकृतिक व्यक्तिको सो भन्दा अघिल्ला आर्थिक वर्षको कर, शुल्क तथा ब्याज मिनाहा हुनेछ ।’

प्रकाशित : जेष्ठ २१, २०८० १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?