कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भन्सार दर ३‍‍.३ गुणा बढेसँगै सेनिटरी प्याड महँगिने

काठमाडौँ — सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत तयारी सेनिटरी प्याड आयातमा भन्सार दर ३‍.३ गुणाले बढाएसँगै मूल्य बढ्ने भएको छ । भन्सार दर १‍.५ बाट ५ प्रतिशत पुर्‍याएकाले मूल्य बढ्ने व्यवसायीले बताएका छन् ।

भन्सार दर ३‍‍.३ गुणा बढेसँगै सेनिटरी प्याड महँगिने

सेनिटरी प्याडमा प्रतिप्याकेट ५ रुपैयाँसम्म मूल्य बढ्न सक्ने आयातकर्ता एनिटाइम हाइजिन कम्पनीका म्यानेजिङ डाइरेक्टर कृष्णराज पौडेलले बताए । चालु आर्थिक वर्षका लागि ९० प्रतिशत छुट दिई १.५ प्रतिशत भन्सार दर कायम गरिको थियो । चालु आर्थिक वर्षको बजेटपछि आयातकर्ता कम्पनीले १.५ प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट तिरेर तयारी प्याड मुलुक भित्र्याउँदै आएका थिए ।

तर चालु आर्थिक वर्षको १० महिना बितिसक्दा पनि उपभोक्ताले छुट अनुभव गर्न पाएका थिएनन् । चालु आर्थिक वर्षमा भन्सार छुट दिँदा पनि ६ महिनादेखि प्याडको मूल्य बढेर आएको काठमान्डु सर्जिकल सप्लायर्सकी सञ्चालक सीता केसीले बताइन् । '७० रुपैयाँ प्याकेटको हिृवस्परको मूल्य ७८ रुपैयाँ पुगेको छ' उनले भनिन् ।

उनका अनुसार सोफीको मूल्य ६० रुपैयाँबाट अहिले ६५ रुपैयाँ पुर्‍याइएको छ । सोफीकै एन्टी ब्याक्टेरियल पहिला ९५ रुपैयाँमा पाइने भएपनि अहिले १०७ रुपैयाँ पुगेको हो । प्रतिप्याकेट १४५ रुपैयाँमा बिक्री भइरहेको स्टेफ्री अल नाइटको मूल्य १५२ रुपैयाँ पुगेको छ । स्टेफ्री नर्मलको ६० रुपैयाँबाट ६५ रुपैयाँमा पुगेको छ । आगामी आर्थिक वर्षको बजेटले भन्सार दर बढाएपछि सेनिटरी प्याड थप महँगो पर्ने व्यवसायीको भनाइ छ । ब

प्रकाशित : जेष्ठ १७, २०८० १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?