कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

पूर्व अरनिको यातायात प्रालिमा विद्युतीय गाडी दर्ता गरी सञ्चालन गर्न पाइने  

काठमाडौँ — पूर्व अरनिको यातायात प्रालिद्वारा सेवा संचालित क्षेत्रहरुमा हालसम्म बस, माइक्रोबस, सुमोले मात्रै सेवा दिँदै आएकोमा अब बिजुली गाडी पनि दर्ता गरी सेवा प्रवाह हुने भएको छ । सट्टा भर्नाका रुपमा यस कम्पनीअन्तर्गत बिजुली गाडी दर्ता गरी सेवा प्रवाह गर्न सकिने कम्पनीले जनाएको छ । 

पूर्व अरनिको यातायात प्रालिमा विद्युतीय गाडी दर्ता गरी सञ्चालन गर्न पाइने  

यसरी दर्ता भएका गाडीका लागि कम्पनीले गन्तव्यहरु पनि तय गरेको छ । मन्थली– मालुखोला, पलान्चोक–कोशिदेखा, चरिकोट–दोलखा, सिन्धुपाल्चोक–चौतारा, सिन्धुपाल्चोक–बाह्रबिसे गन्तव्यहरु तोकिएको छ । मन्थली– मालुखोला र पलान्चोक–कोशिदेखामा १ बस बराबर ३ विद्युतीय गाडी सञ्चालन गर्न पाइने कम्पनीले जनाएको छ । चरिकोट–दोलखा, सिन्धुपाल्चोक–चौतारा, सिन्धुपाल्चोक–बाह्रबिसेमा भने १ बस बराबर २ बिजुली गाडी सञ्चालन गर्न पाइनेछ । सट्टा भर्ना गर्दा गन्तव्यअनुसार २५ हजारदेखि ३५ हजार रुपैयाँ शुल्क लाग्ने कम्पनीले जनाएको छ ।


प्रकाशित : जेष्ठ १६, २०८० १९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?