१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बजेट घोषणापछिको सेयर बजारमा सबै सूचक ओर्लिए, नेप्से १९ सयमुनि

काठमाडौँ — बजेट घोषणा भएको भोलिपल्ट मंगलबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५३.१६ अंक घटेर १८८८ अंकमा झरेको छ भने सबै सूचक ओर्लिएका छन् । कुल २ अर्ब ३४ करोड रुपैयाँको कारोबार भएको छ । 

बजेट घोषणापछिको सेयर बजारमा सबै सूचक ओर्लिए, नेप्से १९ सयमुनि

बैंकिङ ३०, विकास बैंक ८०, फाइनान्स ४४, होटल तथा पर्यटन ९७, जलविद्युत् ६५, जीवन बीमा ३४६, उत्पादन ७७, माइक्रोफाइनान्स १२२, निर्जीवन बीमा २९१, अन्य ४५ र ब्यापार उपसमूह ६५ अंक घटे ।

जम्मा ९ कम्पनीको मूल्य बढ्दा २०७ को घट्यो भने ३ को स्थिर रहृयो । आत्मनिर्भर र बीपीडब्लू लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । स्वेतगंगा हाइड्रोको ९, सामुदायिक लघुवित्तको ८, सयपत्री हाइड्रो र आदर्श लघुवित्तको मूल्य ७ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, ग्लोबल आईएमई बैंक (संस्थापक), नेपाल लाइफ इन्स्योरेन्स, चिलिमे र निफ्रा क्रमशः अगाडि रहे ।


प्रकाशित : जेष्ठ १६, २०८० १५:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?