साना करदाताले हरेक चार महिनामा कर र त्यसको विवरण पेस गर्नसक्ने


काठमाडौँ — सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् साना करदातालाई सुविधा दिने नीति ल्याएको छ ।


आर्थिक वर्ष २०८०/८१ को बजेटमा सरकारले मूल्य अभिवृद्धि करमा दर्ता भई वार्षिक एक करोड रूपैयाँसम्मको कारोबार गर्ने करदाताले अबदेखि चार/चार महिनामा पेस गर्ने व्यवस्था गरेको छ ।
यसअघि हाल हरेक महिना कर र सोको विवरण पेस गर्ने व्यवस्था रहेको थियो । यसपटक कर सहभागिता लागत र समय घटाई साना करदातालाई सुविधा दिने व्यवस्था सरकारले ल्याएको छ ।
प्रकाशित : जेष्ठ १५, २०८० १९:२५