पर्यटकको बसाई दुई दिनले घट्यो

काठमाडौँ — नेपाल भम्रणमा आउने विदेशी पर्यटकको औसत बसाई झन्डै दुई दिनले घटेर १३ दिनमा झरेको छ । आर्थिक सर्वेक्षणमा उल्लेख भएअनुसार, सन् २०२२ मा विदेशी पर्यटकको औसत बसाई १३ दिन रहेको छ । सन् २०२१ र २०२० मा पर्यटकको औसत नेपाल बसाई १५ दिनसम्म पुगेको थियो । 

पर्यटकको बसाई दुई दिनले घट्यो

नेपालले पर्यटन क्षेत्रमा सन् २०२२ मा ४६ अर्ब ७६ करोड आम्दानी गरेको छ । ०२२ मा नेपालमा ६ लाख १४ हजार पर्यटक आएका थिए । ०२१ कोभिड महामरी र लकडाउनका कारण पर्यटकको संख्या घटेर १ लाख ५१ हजारमा खुम्चिएको थियो । नेपालमा भम्रण गर्ने पर्यटकमध्ये सबैभन्दा धेरै ६४ प्रतिशत बिदा/मनोरञ्जन र यात्राका लागि आउने गरेका छन् । १२ प्रतिशत तीर्थयात्रा र १० प्रतिशत हिमाल आरोहणमा आउने गरेको सर्वेक्षणले देखाएको छ ।

नेपाल आउने पर्यटकको सबैभन्दा धेरै भम्रण लुम्बिनीमा हुने गरेको देखिएको छ । कोभिड महामारीको असरमा कमी आएसँगै लुम्बिनीमा आन्तरिक र बाह्य पर्यटक भम्रण वृद्धि भएको देखिन्छ । अघिल्लो वर्ष लुम्बिनीमा मात्रै ९ लाख पर्यटकले भम्रण गरेका थिए । जसमा ६ लाख नेपाली, २ लाख भारतीय थिए भने बाँकी अन्य मुलुकका पर्यटक थिए । सन् ०२२ मा आएका पर्यटकमध्ये ३४ प्रतिशत भारतीय, १२ प्रतिशत अमेरिकी, ७ प्रतिशत बेलायती, ४ प्रतिशत अष्ट्रेलियन थिए । नेपालमा पाँचतारे होटलको संख्या १ सय ७३ पुगेको छ ।

हाल देशभर १२ सय २८ वटा पर्यटकस्तरीयदेखि पाँच तारे होटल छन् । यीनमा ३७ हजार शय्या छन् । नेपालमा ५३ मध्ये ३३ वटा विमानस्थल संचालनमा रहेका छन् भने सबै मौसममा संचालन हुने विमानस्थलको संख्या ४१ पुगेको छ ।


प्रकाशित : जेष्ठ १४, २०८० २२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?