१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

१७ सरकारी संस्थान घाटामा, कुन संस्थानको नाफा, घाटा कति ?

आयल निगमको नोक्सानी सबैभन्दा धेरै, नाफामा विद्युत् प्राधिकरण अगाडि

काठमाडौँ — सरकारका २५ सार्वजनिक संस्थान नाफामा चलेका छन् भने १७ वटामा घाटामा । सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०८० अनुसार ४४ संस्थानमध्ये आर्थिक वर्ष २०७८/७९ मा अस्तित्वमा रहेकामध्ये १७ वटा संस्थान घाटामा छन् । समीक्षामा भनिएको छ, ‘दुई वटा संस्थानको कारोबार भने शून्य छ ।’

१७ सरकारी संस्थान घाटामा, कुन संस्थानको नाफा, घाटा कति ?

नाफामा रहेका संस्थानको खुद नाफा एक वर्षको अवधिमा ३३.६५ प्रतिशतले बढेको छ । नोक्सानीमा सञ्चालित १७ संस्थानको खुद नोक्सानी भने ६१०.९६ प्रतिशतले बढेको छ । समीक्षा अनुसार २०७७/७८ मा २२ संस्थान नाफामा गएका थिए । हाल जनकपुर चुरोट कारखाना बन्द छ भने विद्युत् उत्पादन कम्पनी लिमिटेड र राष्ट्रिय प्रसारण ग्रीड कम्पनीको व्यवसाय सुरुवाती अवस्थामा नै छ । नाफामा रहेका संस्थानमध्ये नेपाल विद्युत् प्राधिकरण सबैभन्दा माथि छ । आव २०७८/७९ मा सो कम्पनीले १३ अर्ब ३७ करोड नाफा कमाएको छ । प्राधिकरणपछि नेपाल टेलिकम दोस्रो स्थानमा छ । त्यस्तै नेपाल आयल निगमको घाटा सबैभन्दा बढी छ । सो कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा ३८ अर्ब १७ करोड नोक्सानीमा छ ।

त्यस्तै, नोक्सानीमा सञ्चालन भइरहेका संस्थानमध्ये नेपाल ओरिन्ड म्याग्नासाईट प्रालि, बुटवल धागो कारखानाको व्यावसायिक कारोबार भएको छैन । नेपाल रेल्वे कम्पनले व्यवस्थित रुपले गति लिन सकेको छैन । ‘व्यावसायिक कारोबार नभएपनि तीन कम्पनीको प्रशासनिक खर्च हुने भएकाले नोक्सानी व्यहोरिरहेका छन,’ समीक्षामा भनिएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा घाटामा रहेका सार्वजनिक संस्थानहरु

दुग्ध विकास संस्थान - ३७ करोड ०४ लाख घाटा

जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी- १ करोड ६६ लाख घाटा

हेटौंडा सिमेन्ट उद्योग लि.- ११ करोड १४ लाख करोड घाटा

नेपाल औषधि लिमिटेड- १३ करोड ८६ लाख घाटा

नेपाल ओरिण्ड म्याग्नासाइट लि- १४ करोड २८ लाख घाटा

बुटवल धागो कारखाना लि - ३ करोड ४६ लाख घाटा

नेपाल मेटल कम्पनी लि- ३५ लाख घाटा

धौवादी फलाम कम्पनी लि- २८ लाख घाटा

नेपाल आयल निगम - ३८ अर्ब १७ करोड ७७ लाख घाटा

नेपाल वन निगम लिमिटेड- २ करोड २६ लाख घाटा

नेपाल वायुसेवा निगम- १ अर्ब ७० करोड ३० लाख घाटा

राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास के.लि - २८ लाख घाटा

नेपाल रेल्वे कम्पनी लि - १४ करोड ३५ लाख घाटा

साँस्कृतिक संस्थान - २ करोड ४४ लाख घाटा

नेपाल टेलिभिजन - १२ करोड ७५ लाख घाटा

राष्ट्रिय आवास कम्पनी- ६ करोड ४६ लाख घाटा

नेपाल खानेपानी संस्थान - ३९ करोड ५४ लाख घाटा

नाफामा रहेका संस्थानहरू

जनकपुर चुरोट कारखाना लि.- २५ लाख नाफा

उदयपुर सिमेन्ट उद्योग लि.- ४ करोड ९२ लाख नाफा

कृषि सामग्री कम्पनी - ४५ करोड २० लाख नाफा

खाद्य व्यवस्था तथा व्यापार कम्पनी- १८ करोड ८८ लाख

औद्योगिक क्षेत्र व्यवस्थापन लि- ५ करोड ३७ लाख नाफा

नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लि - ८ करोड ५३ लाख करोड

नेपाल नागरिक उड्यन प्राधिकरण- १ अर्ब ३० करोड ७१ लाख नाफा

नेपाल पूर्वाधार निर्माण कम्पनी- ३८ लाख नाफा

साझा यातायात सहकारी संस्था लि- २२ करोड ५३ लाख नाफा

विशाल बजार कम्पनी लि- १२ करोड ९ लाख नाफा

गोरखापत्र संस्थान- ५ करोड ४९ लाख नाफा

जनक शिक्षा सामग्री केन्द्र लि - २२ करोड १ लाख नाफा

नेपाल विद्युत् प्राधिकरण- १३ अर्ब ३७ करोड ४६ लाख नाफा

नेपाल दूरसञ्चार कम्पनी लि- ८ अर्ब ४७ करोड ७ लाख

विद्युत् उत्पादन कम्पनी- १० करोड ७९ लाख

राष्ट्रिय प्रशारण ग्रिड कम्पनी - १५ करोड २ लाख

कृषि विकास बैंक- २ अर्ब २२ करोड ५७ लाख नाफा

राष्ट्रिय बिमा संस्थान (जीवन)- २ करोड ६८ लाख

राष्ट्रिय वाणिज्य बैंक लि - ४ अर्ब २९ करोड २८ लाख

निक्षेप तथा कर्जा सुरक्षण कोष- ३ अर्ब १ करोड ४९ लाख

नेपाल स्टक एक्सचेन्ज लिमिटेड - १ अर्ब १७ करोड ८१ लाख

नागरिक लगानी कोष - ३ अर्ब १० करोड ४२ लाख

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी- ९५ करोड ७८ लाख

नेपाल बैंक लि - २ अर्ब ९२ करोड ३२ लाख

प्रकाशित : जेष्ठ १४, २०८० १९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?