३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

कुल गार्हस्थ योगदानमा सूचना प्रविधिको योगदान घट्यो

काठमाडौँ — सरकारले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को सर्वेक्षणअनुसार देशको कुल गार्हस्थ्य उत्पादनमा सूचना तथा सञ्चार क्षेत्रको योगदान १.२ प्रतिशतमा झरेको छ । अघिल्लो आवमा यस्तो योगदान २.१ प्रतिशत थियो ।

कुल गार्हस्थ योगदानमा सूचना प्रविधिको योगदान घट्यो

'विगत दश वर्षको यस क्षेत्रको औसत योगदान २.३ प्रतिशत र वृद्धिदर ७.५ प्रतिशत रहेको छ,' सर्वेक्षणमा भनिएको छ, 'आव २०७०/७१ मा सूचना तथा सञ्चार क्षेत्रको योगदान २.५ प्रतिशत थियो भने वृद्धिदर २० प्रतिशत हाराहारी थियो ।' इन्टरनेट सेवा प्रदायकको कारोबार तथा ताररहित सञ्चारमा भएको वृद्धिले सूचना तथा सञ्चार क्षेत्रको कुल मूल्य अभिवृद्धिमा वृद्धि हुने सर्वेक्षणले अनुमान गरेको छ । 'आव २०७८/७९ मा सूचना तथा सञ्चार क्षेत्रको कुल मूल्य अभिवृद्धि ४.१ प्रतिशतले वृद्धि भएको थियो,' सर्वेक्षणमा भनिएको छ, 'चालु आर्थिक वर्षमा यस्तो वृद्धिदर ४.१ प्रतिशत हुने अनुमान गरिएको छ ।'

उद्योग विभागको तथ्यांकअनुसार २०७९ फागुनसम्म सूचना प्रसारण तथा सञ्चार क्षेत्रमा दर्ता भएका उद्योगको स‍ंख्या ९९ छ । सूचना प्रविधि क्षेत्रमा करिब ०.३ प्रतिशत मात्रै लगानी स्वीकृत भएको छ । विदेशी लगानी स्वीकृत भएकामध्ये सूचना प्रसारण तथा सञ्चार प्रविधिमा आधारित उद्योगको संख्या १२७ छ । तिनमा कुल लगानी १ खर्ब २४ अर्ब रुपैयाँ छ ।

प्रकाशित : जेष्ठ १४, २०८० १८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?