२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

विदेशी लगानी स्वीकृति ३५.४ प्रतिशत घट्यो

काठमाडौँ — चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म १५९ वटा उद्योगमा २० अर्ब ५६ करोड बराबरीको विदेशी लगानी स्वीकृत भएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.४ प्रतिशतले कम रहेकाे आर्थिक सर्वेक्षण २०७९/०८० मा उल्लेख छ । आर्थिक वर्ष ०७८/०७९ को सोही अवधिमा १४९ वटा उद्योगमा ३१ अर्ब ८३ करोड रुपैयाँ विदेशी लगानी स्वीकृत भएको थियो ।

विदेशी लगानी स्वीकृति ३५.४ प्रतिशत घट्यो

चालु आर्थिक वर्षकाे साउनदेखि फागुनसम्म वैदेशिक लगानी स्वीकृति पाएका उद्योगहरूमध्ये सेवामूलक उद्योग ३३.२ प्रतिशत, पर्यटन उद्योग ३३ र उत्पादनमूलक उद्योग २२.५ प्रतिशत, ऊर्जामूलक क्षेत्रमा २९.७, सेवा क्षेत्रमा २३.३ प्रर्तशत, पर्यटन क्षेत्रमा २२.२ र उत्पादनमूलक क्षेत्रमा १७.२ प्रतिशत लगानी छ । प्रस्तावित रोजगारी उत्पादनमूलक उद्योगमा सबैभन्दा बढी र पूर्वाधार उद्योगमा सबैभन्दा कम छ ।

फागुनसम्म विदेशी लगानीको स्वीकृति पाएका उद्योगमध्ये कुल लगानीको आधारमा सबैभन्दा बढी चीनको ४४.७ प्रतिशत र भारतको २३.५ प्रतिशत छ । लगानी स्वीकृति संख्याको आधारमा समेत सबैभन्दा बढी चीनको ३७.४ प्रतिशत र भारतकोे १४.४ प्रतिशत छ ।

प्रकाशित : जेष्ठ १४, २०८० १६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?