निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि हुने गरी आर्थिक नीति तर्जुमा गरिने [पूर्णपाठ]

काठमाडौँ — अर्थमन्त्री प्रकाशशरण महतले निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि हुने गरी मुलुकमा आर्थिक नीति तर्जुमा गरिने बताएका छन् । चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने क्रममा आइतबार प्रतिनिधिसभा संसद्मा‌ अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।

निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि हुने गरी आर्थिक नीति तर्जुमा गरिने [पूर्णपाठ]

‘आम उपभोक्ता तथा निजी क्षेत्रको आत्म विश्वासलाई अभिवृद्धि गरी आर्थिक नीतिको तर्जुमा गरी कार्यान्वयन गर्नुपर्ने देखिन्छ,’ अर्थमन्त्री महतले भने ।

बाह्य क्षेत्र सन्तुलनमा देखिएको दबाबलाई सम्बोधन गर्नका लागि गरिएको पैठारी नियमन नीतिले बाह्य क्षेत्र सन्तुलन भए पनि आयातमा उच्च संकुचन भएकाले राजस्व असुली घटेको अर्थमन्त्री प्रकाश शरण महतले बताएका छन् ।

मुलुकको दिगो, फराकिलो तथा उच्च आर्थिक वृद्धि हासिल गर्न, समिष्टगत आर्थिक स्थिायित्व कायम गर्न र उत्पादनशील रोजगारी सेजना गर्न सम्बद्ध सबै निकायको जिम्मेवारपूर्ण भूमिका हुनु पर्ने पनि अर्थमन्त्री महतले बताए ।

पूर्णपाठ

प्रकाशित : जेष्ठ १४, २०८० १५:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?