राष्ट्रिय योजना आयोग सदस्यमा अनिता ढुंगाना नियुक्त

काठमाडौँ — राष्ट्रिय योजना आयोगको सदस्यमा अनिता ढुंगाना नियुक्त भएकी छन् । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले आयोगको महिलातर्फ सदस्यमा लमजुङकी ढुंगानालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय योजना आयोग सदस्यमा अनिता ढुंगाना नियुक्त

त्यस्तै बैठकले क्यानडामा भदौ ५ गते देखि ९ गतेसम्म आयोजना हुने विश्व वातवारण सुविधाको ७ औं सभा तथा सम्बन्धित बैठकहरुमा भाग लिन अर्थमन्त्री प्रकाशशरण महतको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको छ ।

सिन्धुलीमाडी–भूमेस्थान–चकमके–उदयपुर कटारी सडक खण्डको स्तरोन्नतिका लागि राष्ट्रिय वन क्षेत्रको प्रयोग गर्न स्वीकृति दिने निर्णय बैठकले गरेको छ । मध्य तमोर जलविद्युत् आयोजनाको प्रसारण लाइनको निर्माणका लागि ताप्लेजुङ जिल्लाको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न र सो जग्गामा रहेका रुखहरु हटाउन स्वीकृति दिने तथा लंखुवाखोला साना जलविद्युत आयोजनाको भौतिक पूर्वाधारहरु निर्माण गर्न संखुवासभा जिल्लाको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न र सो वन क्षेत्रमा रहेका रुख हटाउने स्वीकृति दिने निर्णय मन्त्रिपरिषदले गरेको छ ।


प्रकाशित : जेष्ठ १४, २०८० १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?