कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६५

२० प्रतिशतसम्म महँगो भए पनि स्वदेशी वस्तु प्रयोग गर्नुपर्ने व्यवस्था गरिने

काठमाडौँ — सरकारले २० प्रतिशतसम्म महँगो भए पनि स्वदेशी वस्तु प्रयोग गर्नुपर्ने व्यवस्था गर्ने भएको छ । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले स्वदेशी उद्योगका उत्पादन प्रयोग गर्नैपर्नेगरी नीतिगत व्यवस्था गरिने बताए ।

२० प्रतिशतसम्म महँगो भए पनि स्वदेशी वस्तु प्रयोग गर्नुपर्ने व्यवस्था गरिने

स्वदेशी वस्तुको उत्पादन र प्रवर्द्धनका लागि ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’लाई सहयोग पुर्‍याइने पौडेलले बताए । ‘यी अभियान मार्फत हिमालको पानी व्यवसायिक उत्पादन र तिलगंगा आँखा अस्पतालबाट उत्पादित लेन्स विश्व बजारमा नै ब्राण्डिङ गरिनेछ,’ नीति तथा कार्यक्रम वाचन गर्दै पौडेलले भने । त्यस्तै मुलुक आत्मानिर्भर हुन सक्ने वस्तु तथा सेवा उद्योगको पहिचान गरी विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।


प्रकाशित : जेष्ठ ५, २०८० १८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×