२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

सरकारको ढुकुटीमा खर्च गर्ने पैसा छैन : मिनेन्द्र रिजाल

काठमाडौँ — सरकारको ढुकुटीबाट खर्च गर्नका लागि अहिले ४ खर्ब रुपैयाँ नपुग्ने देखिएको कांग्रेस नेता मिनेन्द्र रिजालले बताएका छन् । कान्तिपुर इकोनोमिक समिट 'अर्थतन्त्रमा अवरोध: नियत कि नियति ?' तेस्रो सत्रमा बोल्दै कांग्रेस नेता रिजालले यो आर्थिक वर्ष २ खर्ब २० अर्बभन्दा बढी पुँजीगत खर्च गर्न सक्ने स्थिति नभएको बताए ।

सरकारको ढुकुटीमा खर्च गर्ने पैसा छैन : मिनेन्द्र रिजाल

'२ खर्ब ३० अर्ब त हामीले सुरुमै पुँजीगत खर्च गर्न पुग्दैन भनेका थियौं, यसले नपुगेर डेढ खर्बदेखि दुई खर्बसम्म थप आन्तरिक ऋण उठाउनुपर्ने अवस्था आउन सक्ला भनेका थियौं,' उनले भने । हाल हुने गरेको १५-१६ खर्ब रुपैयाँको आयातमध्ये ४० प्रतिशत कृषि तथा कृषिजन्य वस्तु रहेको उनको भनाइ छ । 'पहिला पूर्वाधारको व्यवस्था हामीसँग बलियो रुपमा थिएन, अहिले पूर्वाधार निर्माण गर्ने क्रममा गएका छौं,' रिजालले भने ।

पूर्वाधार विकास गर्ने क्रममा अर्थतन्त्र, राजस्वको आकारमा कृषिको विस्तारको संभावना हेर्दा लाज मान्नुपर्ने अवस्था नरहेको उनले दाबी गरे । 'हाम्रो अर्थतन्त्रले जुन संरचना बोकेको छ त्यही संरचनालाई हेरेर मात्र बस्ने कि, त्यो भन्दा अघि जाने ? नियत परिवर्तन आवश्यक छ, ' उनले भने । उनले वैदेशिक सहायतालाई प्रयोग गरेर धनी हुने मान्छे भुइँफुट्टा वर्ग बनेको आरोप समेत लगाए ।

'कुनै भुइँफुट्टा वर्ग बन्दै छ भने उसलाई नेपालको उन्नतिसँग मतलव छैन,' उनले भने, 'खाली सम्पत्तिलाई एउटा ठाउँबाट अर्को ठाउँमा बदल्ने, व्यक्तिको नामबाट सरकारको नाममा वा सरकारको नामबाट व्यक्तिको नाममा बदलेवा‍पत कमाइ हुन्छ ।' त्यस्तो कमाइ बोकेर हिँड्ने काम गरुन्जेल नेतृत्वले जति ठूलो निर्देशन दिएपनि नियत बदलिएको अवस्था नरहेको उनले बताए ।

प्रकाशित : वैशाख १३, २०८० १७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?