कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

व्यवसायीले लिएको ऋण जग्गा र सेयरमा पनि फसेको छ : अग्रवाल

काठमाडौँ — नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले व्यवसायीले लिएको ऋणको केही मात्रा जग्गा र सेयरमा पनि गएको स्वीकार गरेका छन् । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कान्तिपुर समिटअन्तर्गतको दोस्रो सेसन 'पैसा खोई ?' शीर्षकमा बोल्दै  उनले एक दुई जनाले मात्र नभई धेरै ऋणीले जग्गा र सेयरमा लगानी गरेको स्वीकारे ।  

व्यवसायीले लिएको ऋण जग्गा र सेयरमा पनि फसेको छ : अग्रवाल

'केही न केही पैसा जग्गा र सेयरमा गएकै हो । एक दुई जनाले मात्र होइन । धेरैले लगनी गरेका छन्' उनले भने, 'यसमा ऋणीको गल्ती भन्नु हुन्छ कि, बैंकको वा प्रणालीको ?' व्यवसायका लागि लिइएको ऋण जग्गा र सेयरमा जानु प्रणालीकै कमजोरी रहेको उनको ठम्याइ छ । जग्गाको कारोबार नै नभएको र सेयर बेच्ने अवस्था समेत नभएकाले पनि बैंकको साँवा ब्याज तिर्न केही समस्या परेको अग्रवालले बताए ।

'राष्ट्र बैंकले ल्याएको पुनरोउत्थान नीतिले भविष्यमा ऋणलाई अन्यत्र ठाउँमा लगानी गर्न रोक्छ' उनले भने । जग्गा वा सेयरमा लगानी गरिसकेका ऋणीलाई कारबाही गर्न नहुने उनले बताए । चालु कर्जा निर्देशिकामा आएको नयाँ प्रावधानले निकास पनि दिएको अग्रवालको भनाइ छ ।

भौतिक मन्त्रालयले ५० अर्बको प्रोजेक्ट रोकेको अवस्था रहेको उनले बताए । 'निजी क्षेत्रले लगानी गर्न नसकेको अवस्थामा सरकारले पनि लगानी गरेन भने ठूलो समस्या निम्तिन सक्छ' अग्रवालले भने 'पर्याप्त राजश्व नउठ्दा सरकार समेत पैसा खोजिरहेको छ ।' सरकारी तहबाट रकम निकासा भई लगानी पनि आउन सकेको खण्डमा अहिलेको मन्दीबाट बाहिर निस्कन सकिने उनको भनाइ छ ।

प्रकाशित : वैशाख १३, २०८० १४:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?