कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

१९०८ अंकमा ओर्लियो नेप्से, कारोबार रकम १ अर्ब पनि पुगेन 

काठमाडौँ — साता कारोबारको अन्तिम दिन बिहीबार बजारको परिसूचक नेप्से १९०८ अंकमा झरेको छ । यस दिन १०.८ अंकले नेप्से घटेको हो । घटेको बजारमा कारोबार रकम पनि खुम्चिएको छ । दिनभर जम्मा ८९ करोड ९५ लाख रुपैयाँ बराबरको मात्रै धितोपत्र कारोबार भयो ।

१९०८ अंकमा ओर्लियो नेप्से, कारोबार रकम १ अर्ब पनि पुगेन 

४९ कम्पनीको मूल्य बढ्दा १५७ को घट्यो भने ९ को स्थिर रहृयो । बैंकिङ ५, विकास बैंक १५, फाइनान्स १६, जलविद्युत् २०, जीवन बीमा ३४, उत्पादन ३४, माइक्रोफाइनान्स ३२, अन्य १६ र व्यापार उपसमूह ४ अंक घटे । होटल तथा पर्यटन उपसमूह भने १५ अंक बढ्यो । सुपरमाइ हाइड्रोपावरको मूल्य १० तथा कालिन्चोक दर्शनको ६ प्रतिशत बढ्यो । त्यस्तै आदर्श लघुवित्तको ६ र जल्पाको ३.८ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, जीवन विकास लघुवित्त, एनआईसी एसिया बैंक र नबिल बैंक त्रमशः अगाडि रहे ।


प्रकाशित : चैत्र १६, २०७९ १५:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?