कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

नेपाल उद्योग परिसंघ र इन्डियन चेम्बर अफ कमर्सबीच व्यवसाय प्रवर्द्धनको सम्झौता 

काठमाडौँ — नेपाल उद्योग परिसंघ र इन्डियन चेम्बर अफ कमर्सबीच लगानी, व्यवसाय प्रवर्द्धनलगायतमा सहकार्य गर्नेगरी समझदारी भएको छ । समझदारी पत्रमा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र इन्डियन चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अमेय प्रभुले हस्ताक्षर गरे । 

नेपाल उद्योग परिसंघ र इन्डियन चेम्बर अफ कमर्सबीच व्यवसाय प्रवर्द्धनको सम्झौता 

दुई संस्थाबीच लगानी तथा व्यावसाय प्रवर्द्धन, अध्ययन तथा अनुसन्धान, आपसी सहयोग, सूचना तथा जानकारीहरुको आदानप्रदानलगायतमा सहकार्य हुने परिसंघले जनाएको छ । परिसंघका अध्यक्ष अग्रवालले भारतको सबैभन्दा पुरानो संस्था इन्डियन चेम्बर अफ कमर्ससँगको सहकार्यले दुई देशबीच व्यावसायिक सम्बन्ध बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले परिसंघले अगाडि बढाइरहेको मेक इन नेपाल स्वदेशी अभियान, स्टार्टअप एवम् उद्यमशीलता लगायत दुई देशका उत्पादन तथा सेवाको प्रवर्द्धनमा सहकार्य हुने बताए ।

इन्डियन चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अमेय प्रभुले नेपाल र भारतबीचमा उद्योग, व्यापार र लगानीका क्षेत्रहरुमा नयाँ सम्भावनाहरु खोज्न यो समझदारी महत्त्वपूर्ण हुने बताए । नेपाल उद्योग परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले यो सहकार्यले उद्योगीहरुका समस्या, चुनौतीहरुको पहिचान गरी समाधानका लागि ‘लविइङ’ गर्ने र दुई मुलुकबीचको आर्थिक हितमा काम गर्ने बताए ।


प्रकाशित : चैत्र १६, २०७९ १२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?