राजस्व छली रोक्न प्रधानमन्त्री दाहालको निर्देशन

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले बजार अनुगमनलाई प्रभावकारी बनाउन र राजस्व छली नियन्त्रण गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । जुत्ता, चप्पल व्यवसायीसँगको छलफलपछि आन्तरिक राजस्व कार्यालय, राजस्व अनुसन्धान विभाग र वाणिज्य विभागलाई संयूक्त रूपमा बजार अनुगमन गरेर प्रभावकारी बनाउन दाहालले निर्देशन दिएका हुन् ।

राजस्व छली रोक्न प्रधानमन्त्री दाहालको निर्देशन

‘आन्तरिक राजश्व कार्यालय, राजश्व अनुसन्धान विभाग र वाणिज्य विभागले संयूक्त रूपमा बजार अनुगमन गर्नुहोस्, राजश्व छली नियन्त्रण सम्बन्धी भएका नीतिगत व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयनमा लैजानु पर्यो' दाहालले भने 'अवैध आयात नियन्त्रण गर्न संयूक्त टोली परिचालन गर्नुस् ।’ कच्चा पदार्थ र तयारी वस्तुको भन्सार दरमा कम्तिमा १० प्रतिशत फरक पर्ने गरी नीतिगत पुनरावलोकन गर्ने तयारी गर्न पनि दाहालले निर्देशन दिए । छलफलमा अर्थसचिव तोयम राय, राजश्व सचिव रामप्रसाद घिमिरे, प्रधानमन्त्री कार्यालयका सचिव गणेशप्रसाद पाण्डे, आन्तरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनाली, राजस्व अनुसन्धान विभागका महानिर्देशक नारायण सापकोटा, भन्सार विभागका महानिर्देशक चक्र बुढा लगायतको उपस्थिति थियो ।

सबै सरकारी निकायले स्वदेशी उत्पादनलाई प्रयोग गर्नुपर्ने प्राथमिक नीति निर्धारण गर्न दाहालले निर्देशन दिए । अनुगमन सीमा क्षेत्रमा मात्रै नभई आन्तरिक बजारमा पनि गर्नेगरी व्यवस्था मिलाउनुपर्ने दाहालको भनाइ छ । आयातका लागि राष्ट्रिय स्टान्डर्ड तयारी वस्तुको गुणस्तरमा प्रभावकारिता ल्याउन दाहालले निर्देशन दिए । छलफलमा जुत्ता चप्पल व्यवसायीका प्रतिनिधिले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्नेगरी सरकारले नीति, कार्यक्रम र कार्यान्वयनको पक्षमा ध्यान दिनुपर्ने बताएका थिए ।

प्रकाशित : चैत्र ९, २०७९ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?