२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

नेप्से १९१५ अंकमा झर्‍यो, सबै सूचक ओर्लिए

काठमाडौँ — साताको अन्तिम कारोबार दिन पनि सेयर बजारका सबै सूचक ओर्लिएका छन् । नेप्से परिसूचक १८. १५ अंक घटेर १९१५ अंकमा कायम भएको छ । दिनभरको कारोबार बेला नेप्से  १९०६ अंकसम्म ओर्लिएको थियो । परिसूचक नेप्सेसहित सबै उपसमूहका सूचक ओर्लिएका छन् । 

नेप्से १९१५ अंकमा झर्‍यो, सबै सूचक ओर्लिए

कुल १ अर्ब ४१ करोडको कारोबार भयो । यो कारोबार रकम अघिल्लो दिनको तुलनामा ११ करोड बढी हो । कुल २८ कम्पनीको मूल्य बढ्दा १७९ को घट्यो भने ६ को स्थिर रह्यो । बैंकिङ ८, विकास बैंक ११, फाइनान्स २१, होटल तथा पर्यटन ४२, जलविद्युत् ३६, जीवन बीमा ९१, उत्पादन ९, माइक्रोफाइनान्स ५९, निर्जीवन बीमा ३७, ब्यापार ६७ र अन्य उपसमूह १५ अंक घटे ।

मायाखोला र एसियन हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । सिद्धार्थ बैंकको मूल्य ८ प्रतिशत बढ्यो । बोटलर्स नेपाल तराईको मूल्य ५ प्रतिशत बढ्यो । युनिक नेपाल लघुवित्तको मूल्य ७.४, सिर्जनशील लघुवित्तको ६.८, खप्तड लघुवित्तको ६ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक, सिद्धार्थ बैंक, हिमालयन डिस्टिलरी, नबिल बैंक र शिवम् सिमेन्ट क्रमशः अगाडि रहे ।



प्रकाशित : चैत्र ९, २०७९ १५:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?