८ महिनामा मुलुकको व्यापार घाटा ९ खर्ब ५३ अर्ब ५८ करोड

कान्तिपुर संवाददाता

काठमाडौँ — चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म ८ महिनाको अवधिमा मुलुकको व्यापार घाटा ९ खर्ब ५३ अर्ब ५८ करोड रुपैयाँ बराबर रहेको भन्सार विभागले जनाएको छ । विभागले सार्वजनिक गरेको ८ महिनाको विवरणअनुसार यो व्यापार घाटा गत वर्षको यसै अवधिको तुलनामा १७.८६ प्रतिशत कम हो ।

गत वर्ष यसै अवधिमा ११ खर्ब ६० अर्ब ९८ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको थियो । समग्र आयात नै घट्दा व्यापार घाटामा राहत मिलेको हो । ९ महिनामा कुल १० खर्ब ५८ अर्ब ३८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने १ खर्ब ४ अर्ब ७९ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । आयात गत वर्षको सोही अवधिको तुलनामा १९.१३ प्रतिशत कम हो भने निर्यात २९ प्रतिशत कम हो ।


प्रकाशित : चैत्र ८, २०७९ १६:१५
प्रतिक्रिया
पठाउनुहोस्

सेवाग्राहीसँग ३० हजार घुस लिएको आरोपमा नायब सुब्बाविरुद्ध मुद्दा

कान्तिपुर संवाददाता

काठमाडौँ — वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौंमा कार्यरत नायब सुब्बा प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग ३० हजार घुस लिएको आरोपमा बुधबार पाण्डेविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

वैदेशिक रोजगार कसुरमा मिलापत्रपछि रोक्का भएको बैंक खाता पुन: सञ्चालन गर्नका लागि पाण्डेले सेवाग्राहीसँग ३० हजार घुस/रिसवत लिएको आयोगको दाबी छ । पाण्डेविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

पाण्डेले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) खण्ड (ख) बमोजिमको कसुर गरेकोले ३० हजार नै बिगो कायम गरी जरिवाना र कैद मागदाबी गरी मुद्दा दायर भएको अख्तियार प्रवक्ता भोला दाहालले जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : चैत्र ८, २०७९ १६:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×