सगरमाथा जलविद्युत्‌को आईपीओ खुल्यो, कस्तो छ कम्पनी ? 

काठमाडौँ — सर्वसाधारणका लागि बुधबारदेखि सगरमाथा जलविद्युत् कम्पनीको प्राथमिक सेयर (आईपीओ) खुलेको छ । अंकित मूल्य १ सयका दरले कम्पनीको कुल ३५ लाख ८१ हजार ७६० कित्ता सेयर सर्वसाधारणका लागि खुल्ला भएको हो । यसअघि कम्पनीले वैदेशिक रोजगारमा रहेका तथा आयोजना प्रभावितलाई आईफीओ बिक्री गरिसकेको छ ।

सगरमाथा जलविद्युत्‌को आईपीओ खुल्यो, कस्तो छ कम्पनी ? 

एक सूचना सार्वजनिक गर्दै बिक्री प्रवन्धक प्रभु क्यापिटलले आईपीओ खुला भएको जानकारी दिएको हो । कम्पनीको आईपीओमा चैत १२ गतेसम्म आवेदन दिन सकिनेछ । न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । अनलाइन प्रणाली मेरोसेयर एप तथा वेबसाइटबाट आवेदन दिन सकिने बिक्री प्रवन्धक प्रभु क्यापिटलले जनाएको छ ।

कस्तो छ कम्पनी ?, यस कम्पनीले ९.६ मेगावाटको सुपरमाई ए जलविद्युत् आयोजना निर्माण गरेको छ । आयोजनाको विद्युत् राष्ट्रिय प्रशारणलाइनमा जोडिसकिएको कम्पनीले जनाएको छ । ब्याजसहित आयोजनाको कुल लागत प्रतिमेगावाट १९ करोड ८४ लाख रुपैयाँ छ । लगानी फिर्ता हुने अवधि ९.०४ वर्ष छ । कम्पनीलाई इक्रा नेपालले ट्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ । इक्राले डीसम्ममको रेटिङ प्रदान गर्दछ, जसमा ट्रिपल ए सबैभन्दा राम्रो मानिन्छ । असोज मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ २४ पैसा तथा प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ १३ पैसा छ । सो अवधिसम्म सञ्चित नाफा ५ करोड २१ लाख बराबर छ ।


प्रकाशित : चैत्र ८, २०७९ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?