परिसूचकसँगै सेयर बजारका सबै उपसमूह बढे 

काठमाडौँ — सोमबार सेयर बजारको परिसूचकसँगै सबै उपसमूहका सूचक बढेका छन् । विगतका तीन कारोबारमा लगातार घटेको नेप्से परिसूचक सोमबार भने २२.६५ अंक बढेर १९४९ अंकमा कायम भएको छ । कुल १ अर्ब २९ करोडको कारोबार भयो । हिजो १ अर्ब ६ करोडको कारोबार भएको थियो । १७८ कम्पनीको मूल्य बढ्दा ३३ को घट्यो भने ३ को स्थिर रह्यो ।

परिसूचकसँगै सेयर बजारका सबै उपसमूह बढे 

बैंकिङ ५.५, विकास बैंक ६२, फाइनान्स २६, होटल तथा पर्यटन ६१, जलविद्युत् ५६, जीवन बीमा ९४, उत्पादन ३६, माइक्रोफाइनान्स १५ निर्जीवन बीमा ८३, अन्य २८ र व्यापार उपसमूह ९८ अंक बढे । युनिक नेपाल लघुवित्तको मूल्य भने १० प्रतिशत बढेको छ । न्यादी हाइड्रोको ७.७, नयाँ सारथी लघुवित्तको ६ तथा मानुसी लघुवित्तको ५.६ प्रतिशत मूल्य बढ्यो । सपोर्ट माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै ५.३ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा आईएमई जनरल इन्स्योरेन्स, एनआईसी एसिया बैंक, सिटिजन्स बैंक संस्थापक, शिवम् सिमेन्ट र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे ।


प्रकाशित : चैत्र ६, २०७९ १५:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?