२८ फर्मलाई वाणिज्य विभागले तिरायो २५ लाख जरिवाना- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२८ फर्मलाई वाणिज्य विभागले तिरायो २५ लाख जरिवाना

कान्तिपुर संवाददाता

काठमाडौँ — वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले फागुन महिनामा २८ व्यवसायिक फर्मबाट २५ लाख २० हजार रुपैयाँ जरिवाना असुल गरेको छ । उपभोक्ता संरक्षण ऐन विपरित कार्य गर्ने होटल तथा रेस्टुरेन्ट, तरकारी तथा फलफूल, खाद्य वस्तु, मदिरा, अटो पार्टस्, रेडिमेट तथा थान कपडा, माछा मासु, फर्निचर लगायतका व्यवसायिक फर्मबाट जरिवाना असुल गरेको हो ।

विभागका प्रवक्ता होमनाथ भट्टराईका अनुसार फागुन महिनाभर १ सय ९५ व्यवसायिक फर्ममा अनुगमन भएको थियो । तीमध्ये ऐन विपरित कार्य गर्ने २८ फर्मलाई जरिवाना गरिएको हो । '१ सय ९५ फर्ममध्ये ९६ फर्महरु सामान्य अवस्थामा थिए । २८ लाई जरिवाना गर्दै ५३ व्यवसायिक फर्मको कागजात मागेर अध्ययन गरिरहेका छौं' भट्टराईले भने '४ फर्मलाई सुधार गर्न निर्देशन पनि दिएका छौं ।'

विभागले सबैभन्दा बढी होटल तथा रेस्टुरेन्ट व्यवसायबाट ७ लाख ७० हजार जरिवाना असुल गरेको छ । फागुनमा ५ होटल तथा रेस्टुरेन्टलाई जरिवाना भएको छ । तीन खाद्य पसलबाट ५ लाख ५ हजार, दुई मदिरा एवम सूर्तिजन्य पसलबाट ३ लाख ५ हजार, तीन तरकारी तथा फलफूल पसलबाट २० हजार जरिवाना असुल गरिएको विभागले जनाएको छ । त्यस्तै, दुइटा अटो पार्टस् फर्मबाट २५ हजार, एक रेडिमेट तथा थान कपडा पसललाई १५ हजार, एकफर्निचर एण्ड फिक्चर्सबाट २० हजार, माछामासु पसलबाट ५ हजार जरिवाना असुल गरिएको भट्टराईले बताए । ‘यी बाहेक अन्य क्षेत्रबाट ८ लाख ३० हजार रुपैयाँ जरिवाना असुल गरेका छौ,’ उनले भने ।


प्रकाशित : चैत्र ५, २०७९ १३:२४
प्रतिक्रिया
पठाउनुहोस्

स्ववियु निर्वाचन : राजविराजमा तनाव

अवधेश झा

काठमाडौँ — स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदान गर्ने क्रममा राजविराजमा तनाव सिर्जना भएको छ । महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजको मतदान केन्द्र बाहिर तनाव भएको हो । 

मतदान केन्द्र बाहिर परिचयपत्रको विषयमा विद्यार्थीहरुबीच विवाद भई तनावको अवस्था सिर्जना भएको हो । मतदान रोक्नका लागि विभिन्न समूहहरूले नाराबाजी गरे पनि मतदान भने जारी रहेको छ ।

सो क्रममा पटक-पटक प्रहरी र विद्यार्थी हारूबीच झडप भएको छ । मतदान रोक्नुपर्ने र हुनुपर्ने समूहले नाराबाजी गरिरहेका छन् ।

प्रकाशित : चैत्र ५, २०७९ १३:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×