कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आयो

काठमाडौँ — भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । नेपाल आयल निगमका अनुसार यसअघिको तुलनामा पेट्रोल प्रतिलिटर  ८६ पैसा र डिजेलको मूल्य प्रतिलिटर १ रुपैयाँ ५० पैसा घटेर आएको छ ।

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आयो

हरेक १५–१५ दिनमा भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्यसूची पठाउँछ । सो अनुरुप बिहीबार पठाएको मूल्य सामान्य घटेको हो । आयल निगमले हाल उपभोक्तालाई पेट्रोल प्रतिलिटर १७८ तथा डिजेल १७५ रुपैयाँमा बिक्री गर्दै आएको छ ।


प्रकाशित : चैत्र २, २०७९ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?