महानगरले सात महिनामा उठायो ५ अर्ब राजश्व 

काठमाडौँ — काठमाडौं महानगरपालिकाले साउनदेखि पुससम्म ५ अर्ब ११ करोड रुपैयाँ राजश्व उठाएको छ । महानगरले यस वर्ष १० अर्ब ४१ करोड ९५ लाख ४९ हजार रुपैयाँ राजश्व उठाउने लक्ष्य लिए पनि सात महिनामा ४९.०४ प्रतिशत मात्रै राजश्व उठाएको राजश्व विभागले जनाएकाे छ । 

महानगरले सात महिनामा उठायो ५ अर्ब राजश्व 

विभागका अनुसार सबैभन्दा बढी बाँडफाँटबाट प्राप्त हुने मनोरञ्जन कर १८१.६५ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षभर ५० लाख रुपैयाँ प्राप्त हुने लक्ष्य राखे पनि पहिलो सात महिनामा नै ९० लाख ८२ हजार रुपैयाँ राजश्व उठेकाे हाे । महानगरले घर बहाल कर १ अर्ब ३५ करोड ८६ लाख रुपैयाँ संकलन गरेको छ ।

सम्पति, बहाल तथा पट्टा बापतको आयमा लाग्ने कर पनि ८६.३४ प्रतिशत बढेको छ । याे शिर्षकमा १० करोड उठाउने लक्ष्य राखेकाेमा ८ करोड ६३ लाख ४२ हजार उठाइएकाे विभागकाे तथ्यांक छ । सम्पति कर १ अर्ब उठाउने लक्ष्य रहेकोमा ७० करोड ८२ लाख अर्थात ७०. ८६ प्रतिशत उठेको छ ।

महानगरका अनुसार परीक्षा शुल्क, वित्तीय निकायबाट प्राप्त ब्याज, सवारी साधन कर (साना सवारी) र बाडँफाँड भइ प्राप्त हुने अन्त: शुल्क शिर्षकमा प्रगति शून्य छ । विज्ञापन कर, धरौटी सदरस्याहा, बेरुजु, न्यायीक दस्तुर, शिक्षा क्षेत्रको आम्दानी, अन्य बिक्रीबाट प्राप्त रकमलगायत शिर्षकमा न्यून राजश्व उठेकाे हाे ।

प्रकाशित : चैत्र १, २०७९ १४:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?