१२६ कम्पनीको सेयर मूल्य बढ्दा ७८ को घट्यो- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

१२६ कम्पनीको सेयर मूल्य बढ्दा ७८ को घट्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — मंगलबार धेरैजसो कम्पनीको सेयर मूल्य बढेको छ । १२६ कम्पनीको मूल्य बढ्दा ७८ को घट्यो भने १० को स्थिर रहृयो । परिसूचक नेप्सेमा सामान्य सुधार देखिएको छ । अघिल्ला २ कारोबार दिनमा ठूलो अंकको गिरावट आएको बजारमा आज १.८ अंकको सुधार देखिएको हो । सो अंकको वृद्धिपछि नेप्से १९५३ अंकमा कायम भएको छ ।

कुल १ अर्ब १३ करोडको कारोबार भयो । हिजो १ अर्ब १६ करोडको कारोबार भएको थियो । बैंकिङ ३.९, उत्पादन २३, माइक्रोफाइनान्स १४ र ब्यापार उपसमूह ५० अंक घटे । विकास बैंक १२, फाइनान्स १६, होटल तथा पर्यटन १९, जलविद्युत् १८, जीवन बीमा ६, निर्जीवन बीमा ४७ र अन्य उपसमूह ६ अंक बढे ।

युनिक नेपाल लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । शुभम पावरको ९.९, सुपरमादीको ९.३, विन्ध्यबासिनी हाइड्रोपावरको ७.२ प्रतिशत मूल्य बढ्यो । सपोर्ट माइक्रोफाइनान्स र कृषि विकास बैंकको मूल्य ३.९ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक, नबिल बैंक, शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी र हिमालयन बैंक क्रमशः अगाडि रहे ।


प्रकाशित : फाल्गुन ३०, २०७९ १५:२०
प्रतिक्रिया
पठाउनुहोस्

लघुवित्त पीडितहरू आन्दोलित

तस्बिर : केशव थापा, तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — देशका विभिन्न जिल्लामा लघुवित्त संस्थाहरूले विपन्न किसानहरूलाई ठगी गरेको भन्दै त्यसविरुद्ध पीडितहरूको संघर्ष समितिले प्रदर्शन गरेको छ । मंगलबार देशभरका लघुवित्तका ऋणी तथा पीडितहरू माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरेका हुन् । 'लघुवित्त संस्थाविरुद्धको संघर्ष समिति, नेपाल'को अगुवाइमा ९ बुँदे माग राख्दै लघुवित्त ऋणी तथा पीडितहरू आन्दोलित भएका हुन् ।

लघुवित्त संस्थाहरू खारेज गर्दै सरकारले आफ्ना समस्या समाधानका लागि पहल गरिदिनुपर्ने पनि उनीहरूले माग राखेका छन् । साथै विपन्न किसानहरूका ऋण मिनाहा गरिदिनुपर्ने उनीहरूले बताएका छन् । यस्तै विपन्नहरूलाई नि:शुल्क (बिनाब्याज) ऋण उपलब्ध गराउनुपर्ने, लघुवित्त संस्थाहरू खारेज गर्नुपर्ने लगायतका ९ बुँदे योजनासहितका माग उनीहरूले अगाडि सारेका छन् । पछिल्लो समय देशका विभिन्न स्थानमा लघुवित्त संस्थाहरूले विपन्न किसानलाई ठगी गरेका समाचार आएका छन् ।


प्रकाशित : फाल्गुन ३०, २०७९ १५:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×