कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बराबर सेयर अनुपातमा आईएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सबीच मर्जर सम्झौता  

काठमाडौँ — आईएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीबीच एकआपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । शुक्रबार नेपाल बीमा प्राधिकरणको कार्यालयमा दुवै कम्पनीका अध्यक्षको सहभागितामा यो सम्झौता भएको हो ।

बराबर सेयर अनुपातमा आईएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सबीच मर्जर सम्झौता  

सम्झौतामा आईएमईका संचालक तथा मर्जर समिति संयोजक अम्बिकाप्रसाद पौडेल र प्रुडेन्सियलका संचालक तथा मर्जर समिति संयोजक अमित अग्रवालले हस्ताक्षर गरे । सेयर अनुपात बराबर अर्थात १ बराबर १ अनुपात रहनेगरी मर्जरको प्रारम्भिक सम्झौता भएको हो । दुवै कम्पनी एकआपसमा गाभिए पश्चात बन्ने कम्पनीको नाम आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहने सहमति भएको छ । मर्जर सम्बन्धी प्रस्ताव दुवै कम्पनीले आफ्ना आगामी विशेष साधारण सभामा लैजाने छन् ।

दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार आईएमईको चुक्ता पुँजी १ अर्ब ७० करोड रुपैयाँ छ भने प्रुडेन्सियलको पहिलो त्रैमासिक विवरणअनुसार चुक्ता पुँजी १ अर्ब १८ करोड रुपैयाँ छ । आईएमईको सेयर मूल्य दोस्रो बजारमा प्रतिकित्ता ४८२ रुपैयाँ तथा प्रुडेन्सियलको ४७२.९ रुपैयाँ छ ।


प्रकाशित : माघ २७, २०७९ १९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?