१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

राजदूत डिप्रेजसँग ऊर्जामन्त्रीले भने - बंगलादेशलाई विद्युत् निर्यात गर्ने सम्झौता हुन्छ

काठमाडौँ — उपप्रधान एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देन र युरोपेली युनियनका राजदूत नोना डिप्रेजबीच शिष्टाचार भेटवार्ता भएको छ । मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री लिङ्देनले विद्युत् उत्पादन, प्रसारण र बजारीकरणलाई प्राथमिकता दिई नेपालले काम गरिरहेको चर्चा गरे ।

राजदूत डिप्रेजसँग ऊर्जामन्त्रीले भने - बंगलादेशलाई विद्युत् निर्यात गर्ने सम्झौता हुन्छ

हरित ग्यास उत्पादनको सम्भाव्यता अध्ययन र नीति निर्माणमा समेत निजी लगानीकर्ता र सरोकारवाला पक्षबीच छलफल भइरहेको उनले बताए । छिमेकी राष्ट्रलाई विद्युत् निर्यात गर्ने विषयमा राजदूत डिप्रेजले राखेको जिज्ञासामा लिङ्देनले बंगलादेशसँग विद्युत् व्यापार सम्झौता प्रक्रियामा रहेको बताए । नेपालले ठूलो मात्रामा विद्युत् निर्यात गर्ने गरी सम्झौता गर्न लागेको उनको भनाइ छ । लिङ्देनले आवश्यक ट्रान्समिसनको व्यवस्थासहित समानान्तररूपमा अन्तरदेशीय प्रसारण लाइन विस्तार गरी भारत तथा बंगलादेशसहितका मुलुकसँग विद्युत् निर्यात गर्ने गरी व्यापार सम्झौता गरिने बताए । नवीकरणीय ऊर्जाको क्षेत्रमा नेपाललाई प्राप्त सहयोगका लागि युरोपेली युनियनललाई धन्यवाद दिँदै उनले भविष्यमा पनि ऊर्जा क्षेत्रमा सहयोग प्राप्त हुने विश्वास जनाए ।


प्रकाशित : माघ २६, २०७९ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?