सेयर बजार घट्यो, कारोबार रकम बढ्यो - अर्थ / वाणिज्य - कान्तिपुर समाचार

सेयर बजार घट्यो, कारोबार रकम बढ्यो 

कान्तिपुर संवाददाता

काठमाडौँ — बुधबार सेयर कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेको छ । मंगलबार ३ अर्ब ३६ करोडको कारोबार भएकोमा आज ३ अर्ब ६९ करोडको भयो । कारोबार रकम बढे पनि परिसूचक नेप्से भने सामान्य अंक घटेको छ । ७.१३ अंक घटेर नेप्से २१७० अंकमा कायम भएको छ ।

बजार खुलेको ३५ मिनेटमै २२१३ अंकसम्म नेप्से पुगेको थियो । सामान्य उतारचढावका बाबजुत परिसूचक अन्तत: ७ अंक घट्न पुग्यो । अन्यबाहेकका सबै उपसमूह घटे । सो उपसमूह ७ अंक बढ्यो । बैंकिङ ०.७९, विकास बैंक २२, फाइनान्स ३६, होटल तथा पर्यटन ४९, जलविद्युत् २७, जीवन बीमा ५८, उत्पादन ४१, माइक्रोफाइनान्स १६, निर्जीवन बीमा २८ र ब्यापार उपसमूह ११ अंक घटेका छन् । कुल ६७ कम्पनीको मूल्य बढ्दा १४२ को घट्यो भने ७ को स्थिर रहृयो ।

तेह्रथुम पावर र धौलागिरि लघुवित्तको मूल्य सबैभन्दा धेरै ३ प्रतिशत बढ्यो । आदर्श लघुवित्तको मूल्य सबैभन्दा धेरै ५ प्रतिशत घट्यो । पोखरा फाइनान्सको ४.९ र ग्रीन भेन्चरको मूल्य ३.८ प्रतिशत घट्या । कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी, अपी पावर, ङादी ग्रुप, एनआईसी एसिया बैंक र शिवम् सिमेन्ट क्रमशः अगाडि रहे ।



प्रकाशित : माघ २५, २०७९ १५:११
प्रतिक्रिया
पठाउनुहोस्

अर्यालले त्यागिन् पार्टीको आबद्धता

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित भएपछि उर्मिला अर्यालले माओवादी पार्टीको पद तथा जिम्मेवारीबाट राजीनामा दिएकी छन् ।

राष्ट्रिय सभाको उपाध्यक्ष पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन भन्दै नेत्री अर्यालले माओवादीको सम्पूर्ण जिम्मेवारी त्यागेकी हुन् ।

अर्यालले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, 'राष्ट्रिय सभाको उपाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएकोले यस पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन म आबद्ध रहेको दल नेकपा माओवादी केन्द्रको पार्टी सदस्यता र सम्पूर्ण राजनीतिक सांगठनिक जिम्मेवजारीबाट अलग रहेको घोषणा गर्दछु ।'

अर्याल यसअघि नेकपा माओवादी केन्द्रको स्थायी कमिटी सदस्यको रुपमा थिइन् । उनी गत सोमबार सत्ता गठबन्धन दलहरूको तर्फबाट राष्ट्रिय सभाको उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएकी हुन् ।

प्रकाशित : माघ २५, २०७९ १४:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×