कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सरकारी आईटी क्षेत्रको सुरक्षा गर्न सरकारसँग साँचो छैन: सञ्चारमन्त्री शर्मा

राजधानीमा क्यान इन्फोटेक मेला सुरु

काठमाडौँ — नेपाल सरकारको सूचना केन्द्र र समग्र आईटी क्षेत्रको सुरक्षाको साँचो सरकारसँगै नभएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताएकी छन् । ती साँचो कहाँ छन् खोज्ने बेला भएको उनको भनाइ छ । मंगलबार 'इन्फोडेभेलपर्स क्यान इन्फो-टेक २०२३' मेलाको उद्घाटनका क्रममा बोल्दै मन्त्री शर्माले आईटी क्षेत्रका दक्ष जनशक्ति विदेश पलायन भएकाले विदेशीहरूबाट सेवा लिनुपर्दा सुरक्षामा चुनौति भएको आशय व्यक्त गरिन् ।

सरकारी आईटी क्षेत्रको सुरक्षा गर्न सरकारसँग साँचो छैन: सञ्चारमन्त्री शर्मा

सरकारले आईटी क्षेत्रलाई प्राथमिकतामा नराख्दा यहाँका दक्ष जनशक्ति विदेश पलायन भइरहेको र यसले गर्दा यहाँको आईटी क्षेत्र विदेशी जनशक्तिको हातमा परेको उनको भनाइ थियो ।

'हामीले आफ्ना जनशक्ति जोगाउन नसक्ने र आफूलाई आवश्यक पर्दा बाहिर (विदेश) बाट मान्छे ल्याउनुपर्ने स्थिति भइरहेको छ,' उनले भनिन्, 'यसले गर्दा हाम्रा डेटा सेन्टर र प्रविधिको काम गर्ने निकायको सुरक्षाको मुल साँचो हामीसँग छैन । मुल साँचो नै आफूसँग नहुँदा हामीले कसरी राष्ट्रियता बचाउन सक्छौँ ?'

मन्त्रालयहरूमा इन्स्टल भएका सफ्टवेयरहरूको डेटा कहाँ जान्छ, त्यसको प्रयोग कसरी भइरहेको छ भन्नेबारे खोजी गर्न आवश्यक रहेको मन्त्री शर्माले बताएकी छन् । आफूले सञ्चार मन्त्रालयको नेतृत्व लिएको धेरै समय नभएकाले धेरै कुरा बुझ्न बाँकी रहेको उनको भनाइ छ ।

आईटी क्षेत्रमा स-साना कुरालाई समेत ध्यान नदिँदा अर्बौं राजश्व गुम्ने र पर्याप्त ध्यान दिए अर्बौं सम्पत्ति जोगिन सक्ने भएकाले यसमा आफू गम्भिर हुने उनले बताइन् । निजी र सरकारी क्षेत्र मिलेर आईटी कम्पनी बनाउनेबारे थप छलफल गर्न आफू तयार रहेको पनि उनको भनाइ छ ।

प्रकाशित : माघ २४, २०७९ १३:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?