कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

सुनको आपूर्ति सुधार गर्न सुनचाँदी व्यवसायीले दिए वाणिज्य मन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ — बजारमा कच्चा सुनको चरम अभाव भएको भन्दै सुनचाँदी व्यसायीहरूले तत्काल आपूर्ति व्यवस्थामा सुधार गर्न सरकारसँग आग्रह गरेका छन् । सुनचाँदी व्यवसायीहरूले भोग्नुपरेका विविध समस्याका बारेमा मन्त्री भण्डारीलाई जानकारी गराएका थिए ।

सुनको आपूर्ति सुधार गर्न सुनचाँदी व्यवसायीले दिए वाणिज्य मन्त्रीलाई ज्ञापनपत्र

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा आइतबार गएको महासंघको प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई महासंघका तर्फबाट ज्ञापनपत्र बुझाउँदै सुनको आपूर्ति बढाउन आग्रह गरेको हो ।

भेटका क्रममा मन्त्री भण्डारीले व्यवसायीका समस्यालाई आफूले नजिकबाट नियालेको उल्लेख गर्दै व्यवसायीका समस्या समाधान गर्न आफूले पहल गर्ने प्रतिवद्धता जनाएका थिए । त्यसका लागि व्यवसायीसँग आवश्यक परामर्श गरेर अगाडि बढ्ने समेत बताए । मन्त्री भण्डारीसँगको भेटका क्रममा व्यवसायीहरूले सुनचाँदी कारोबारको निर्देशिका समेत जारी गर्न आग्रह गरेका थिए ।

प्रकाशित : माघ २२, २०७९ २०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?