तोलामा दुई हजारले घट्यो सुनको मूल्य- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तोलामा दुई हजारले घट्यो सुनको मूल्य

कान्तिपुर संवाददाता

काठमाडौँ — सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिन भएको कारोबारको तुलनामा प्रतितोला दुई हजार रुपैयाँले घटेको छ । अधिल्लो दिन प्रतितोला एक लाख छ हजार एक सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख चार हजार एक सय रुपैयाँ तोकिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख तीन हजार छ सय रुपैयाँ छ । अघिल्लो दिन उक्त सुन एक लाख पाँच हजार छ सय रुपैयाँ थियो । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला ४५ रुपैयाँ घटेर एक हजार तीन सय २० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको आधारमा यहाँ दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।

प्रकाशित : माघ २२, २०७९ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्

कलाकारको उपचारमा क्यान्सर सेन्टरको छुट

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं क्यान्सर सेन्टर, ताथलीले कलाकारहरूको स्वास्थ्य उपचारमा छुट दिने भएको छ । विश्व क्यान्सर दिवसका अवसरमा शनिबार सेन्टर र कलाकार संघ तथा चलचित्र विकास बोर्डबीच सम्झौता भएको छ ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, चलचित्र पत्रकार प्रकाश सुवेदी र अन्य कलाकारहरुको सहभागितामा क्यान्सर सेन्टर र कलाकार संघबीच कलाकारहरुलाई उपचारमा छुट गर्ने सम्झौता भएको हो ।

सेन्टरका अध्यक्ष डा. अन्जनीकुमार झाले कलाकारहरु राष्ट्रका गहना भएको र कुनै पनि कलाकार उपचारबाट वञ्चित हुन नहुने भन्दै आफूहरुले कलाकारलाई विशेष छुटमा उपचार गराउने प्रतिबद्धता जनाए ।

यस्तै, सोही अवसरमा कलाकारहरुको नि:शुल्क स्वास्थ्य जाँच गरिएको छ ।चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको स्वास्थ्य जाँचबाट सुरु भएको सो कार्यक्रममा ५० जना हाँस्यकलाकार, गायक तथा कलाकारहरुको स्वास्थ्य जाँच गरिएको थियो ।

प्रकाशित : माघ २२, २०७९ १२:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×