कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४
लुम्बिनीको सामर्थ्य

लुम्बिनीको आर्थिक तथ्यचित्र

प्रदेशको आर्थिक वृद्धिदर ५.३६ प्रतिशत रहने तथ्यांक विभागको प्रक्षेपण
यज्ञ बञ्जाडे

काठमाडौँ — लुम्बिनीको कुल जनसंख्या ५१ लाख २४ हजार २ सय २५ छ । यो नेपालको कुल जनसंख्याको १७.५५ प्रतिशत हो । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा यस प्रदेशको हिस्सा १४.१ प्रतिशत छ । गत आर्थिक वर्षमा प्रदेशको आर्थिक वृद्धिदर ५.३६ प्रतिशत रहने केन्द्रीय तथ्यांक विभागको प्रक्षेपण छ ।

लुम्बिनीको आर्थिक तथ्यचित्र

लुम्बिनीमा बैंक तथा वित्तीय संस्थाको संख्या २ हजार १ सय ८६ छ । यो नेपालभरको बैंक तथा वित्तीय संस्थाको १९.२६ प्रतिशत हो । यस प्रदेशमा बैंकका प्रतिशाखाले २ हजार ३ सय ४४ जनालाई वित्तीय सेवा दिइरहेका छन् ।

नेपालको कृषि उत्पादन र उत्पादनमूलक उद्योगका हिसाबले पनि यो प्रदेश पाँचौं स्थानमा छ । वन क्षेत्रका हिसाबले पनि पाँचौं नै छ । नेपालको कुल वन क्षेत्रको १४.७४ प्रतिशत हिस्सा यसले ओगटेको छ ।

प्रतिव्यक्ति आयका हिसाबले लुम्बिनी चौथो स्थानमा छ । गत आर्थिक वर्षमा यस प्रदेशका नागरिकको प्रतिव्यक्ति आय ११०३ अमेरिकी डलर छ । प्रदेशमा कुल ५६२२ विद्यालय छन् । यो नेपालको कुल विद्यालय संख्याको १६.३५ प्रतिशत हो ।

प्रादेशिक रूपमा तुलना गर्दा ऊर्जा उत्पादनका हिसाबले यस प्रदेशको हिस्सा ३१ मेगावाट छ । यस प्रदेशका ९४.९१ प्रतिशत नागरिकमा ऊर्जा पहुँच पुगेको छ । लुम्बिनीमा ६५६ उद्योग दर्ता भएका छन् । तिनमा १ खर्ब ७१ अर्ब रुपैयाँ लगानी भएको छ । उद्योग संख्या र लगानीका हिसाबले यस प्रदेशको हिस्सा क्रमशः ७.५७ र ६.८१ प्रतिशत छ ।

यस प्रदेशमा ५ हजार ४७५ किमि सडक निर्माण भएको छ । यो नेपालभरको कुल सडक सञ्जालको १४.१४ प्रतिशत हो । यस क्षेत्रमा ३ लाख ६ हजार डिम्याट खाता खुलेका छन् । यो नेपालमा खुलेको कुल डिम्याट खाताको करिब ११.१४ प्रतिशत हो ।

लुम्बिनीका ४ लाख ४७ हजार २ सय ६४ जनशक्ति रोजगारीका लागि निजी प्रतिष्ठानमा आबद्ध छन् । यहाँ ७७ वटा मात्र विदेशी लगानीका उद्योग दर्ता भएका छन् । यो नेपालभर रहेका कुल विदेशी लगानीका उद्योगका हिसाबले १.४३ प्रतिशत मात्र हो ।

गत असारसम्म लुम्बिनीमा ११ लाख ६४ हजार ९ सय ३३ वटा सवारीसाधन दर्ता भएका छन् । यो नेपालभर दर्ता भएका कुल सवारीसाधनको २२.७ प्रतिशत मात्र हो । आर्थिक वर्ष ०७८/७९ मा यस प्रदेशबाट १ लाख १३ हजार ५ सय ६२ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् ।

निर्यातका हिसाबले भने यस प्रदेशमा प्रशस्त सम्भावना छ । यहाँबाट रोजिन र रोजिन एसिड, पोलिस्टर यार्न, कफी, अदुवालगायत वस्तु निर्यातको सम्भावना छ ।

प्रकाशित : माघ २१, २०७९ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?