सडकमै छरपस्ट तरकारी- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सडकमै छरपस्ट तरकारी

उचित मूल्य नपाएको भन्दै चितवनका किसानले विरोधस्वरूप नारायणगढ बजारमा तरकारी फाले
रमेशकुमार पौडेल

चितवन — दुई साताअघिसम्म चितवनका किसानले २५ किलो अटाउने एक क्रेट टमाटरको मूल्य आठ सय रुपैयाँ पाएका थिए । सुरुमा भदौतिर दुई हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको टमाटर यति बेला स्वाट्टै घटेर दुई सय रुपैयाँमा झरेपछि शुक्रबार चितवनका किसानले नारायणगढ बजारको व्यस्त क्षेत्र पुलचोकमा तरकारी छरेर विरोध गरे । भारतबाट तरकारी आएपछि मूल्य नपाएको किसानहरूको भनाइ छ । 

'एक किलो टमाटर उत्पादन गर्न कम्तीमा पनि १७ रुपैयाँ हाराहारीमा खर्च लागेको छ । अहिले त खर्च नै नउठ्ने गरेर टमाटरको मूल्य झरेपछि बेच्नभन्दा फाल्न बाध्य भयौं,’ पश्चिम चितवन शुक्रनगमा तरकारी खेती गरेका किसान लेखनाथ भुसालले भने । पश्चिम चितवन क्षेत्रमा दुईदेखि २० बिघासम्म तरकारी खेती गर्ने किसान १३० हाराहारीमा छन् ।

'यति बेला भारतबाट टमाटर धेरै नै आएको छ । त्यसैले हामीले मूल्य नपाएका हौं । अरू तरकारीको अवस्था पनि त्यही हो । अब हामी चरणबद्ध आन्दोलनमा जान्छौं । भारतीय तरकारी नरोकिँदासम्म आन्दोलन चल्छ,’ उनले भने । उनी किसानले गठन गरेको संघर्ष समितिका संयोजक पनि हुन् । संघीय सरकारले दीर्घकालीन र तत्कालीन रूपमा स्थानीय निकायले किसानको समस्या हटाउन पहल गर्नुपर्ने उनले बताए ।

किसानहरूले दुई गाडी टमाटर, दुई गाडी फर्सी र दुई गाडी सबै खाले तरकारी सडकमा फालेका हुन् । नारायणगढमा रहेको तरकारी तथा फलफूल व्यवसायीको संस्था फलफूल तथा तरकारी थोक व्यवसायी संघका अध्यक्ष मुकुन्दप्रसाद गौतम यति बेला बजारमा भारतीय तरकारी आएको बताउँछन् । तर भारतीय तरकारीका कारण मात्रै नेपाली किसानले मूल्य नपाएको उनी स्विकार्दैनन् ।

'यति बेला प्रायः तरकारीले मूल्य नपाउने समस्या हुन्छ । अघिल्ला वर्षमा त अझ तरकारी बारीमै रहने, कुहिने हुन्थ्यो,’ उनले भने, 'अहिले बजारमा त आएको छ । जताततै तरकारी भएका कारण मूल्य नआएको हो ।’

प्रकाशित : माघ २०, २०७९ २२:०६
प्रतिक्रिया
पठाउनुहोस्

कर्णालीको मुख्य न्यायाधिवक्तामा खड्का

तृप्ति शाही

वीरेन्द्रनगर — कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा  नरबहादुर खड्का नियुक्त भएका छन् । मुख्यमन्त्री राजकुमार शर्माले खड्कालाई शुक्रबार मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् । खड्का दैलेखका हुन् ।

ड्काले शुक्रबारै पद तथा गोपनियताको शपथ पनि लिएका छन् । उनलाई उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश माधवप्रसाद पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

प्रकाशित : माघ २०, २०७९ २१:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×