भारतको रिलायन्स रिटेलले ई-रुपी स्वीकार गर्ने- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतको रिलायन्स रिटेलले ई-रुपी स्वीकार गर्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतीय केन्द्रीय बैंकले डिजिटल करेन्सी, ई-रुपीको आमप्रयोग बढाउँदै लगेको छ । रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले दुई महिनाअघि पहिलो पटक यसको परीक्षण शुरु गरेको थियो । हाल त्यहाँको सबैभन्दा ठूलो रेटलर, रिलायन्स रिटेलले ई-रुपी स्वीकार गर्ने बताएसँगै भारतमा सेन्ट्रल बैंक डिजिटल करेन्सी (सीबीडीसी) आम प्रयोगकर्तामाझ विस्तार हुने क्रम बढ्दै गएको देखिन्छ ।

रिलायन्सले आईसीआईसीआई बैंक, कोटक महिन्द्रा बैंक र फिनटेक इन्नोभिटि टेक्नोलोजीजसँग मिलेर आफ्ना फ्रेसपिक स्टोरहरूमा बिहीबारबाट सीबीडीसीमार्फत कारोबार थालेको जानकारी दिएको छ । रिलायन्सका देशभर रहेका अन्य सुपरमार्केटहरूमा पनि ई-रुपीबाट सामान खरिद गर्न सकिने बताइएको छ । डिजिटल मुद्राबाट कारोबार गर्न चाहने ग्राहकले क्वीआर कोड स्क्यान गरी पैसा तिर्न सक्छन् ।

आरबीआईले तयार पारेको मोबाइल वालेट डाउनलोड गरी विभिन्न बैंकबाट डिजिटल रुपैंयाँ किनेर वालेटमा जम्मा गरेपछि भुक्तानी गर्न सकिन्छ । इन्टरनेटबिना नै पैसा तिर्न सकिने बैंकको भनाइ छ । कागजी नगदसरह मूल्य रहने डिजटल करेन्सी (सीबीडीसी) शुरुमा नयाँ दिल्ली, भुवनेश्वर, मुम्बइ र बैंगलुरुमा निश्चित समूहबीच मात्रै प्रयोगमा ल्याइएको थियो । स्टेट ब्यांक अफ इन्डिया, यस ब्यांक लगायत ८ वटा बैंक ई-रुपीको परीक्षणमा सहभागी थिए ।

उक्त्त परीक्षणलाई थप विस्तार गर्दै रिलायन्सले आफ्ना सबै किराना पसलहरूमा ई(रुपी चल्ने बनाएको हो । नगदी मुद्राकै डिजिटल स्वरुप मानिएको ई-रुपी अझै पूर्ण रूपमा कार्यान्वयनमा आइसकेको छैन । आरबीईले अझै पनि थोक बजारमा ई-रुपीको परीक्षण जारी राखेको छ ।


प्रकाशित : माघ २०, २०७९ १६:४३
प्रतिक्रिया
पठाउनुहोस्

अघिल्लो चुनावमा भन्दा यसपटक कम खर्च : प्रमुख निर्वाचन आयुक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले २०७४ सालको भन्दा कम खर्चमा यस पटकको निर्वाचन सम्पन्न गरेको बताएका छन् । सञ्चारकर्मीहरुसँग शुक्रबार निर्वाचनबारे छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभा र प्रदेशसभा तथा राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनसहित ७ अर्ब रुपैयाँ खर्च लाग्ने बताएका हुन् ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आयोगले मतदाता, कर्मचारी, मतदान स्थल बढे र यो बीचमा वृद्धि भएको तलबभत्ता सहितका अनिवार्य तिर्नुपर्ने खर्चसहितलाई मध्यनजर गरी १० अर्बको अनुमान गरे पनि ३ अर्ब सबै निर्वाचन सकेर फिर्ता गर्ने तयारीमा रहेको बताए ।

'यो वर्ष प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न गर्न २०७४ सालमा भएको खर्च र यो वर्ष मतदाता, कर्मचारी, मतदानस्थल बढे र यो बीचमा वृद्धि भएको तलaभत्ता सहितका अनिवार्य तिर्नुपर्ने खर्चसहित १० अर्बको अनुमान गरेका थियौं। १० अर्ब रुपैयाँ माग गरेकोमा झन्डै ३ अर्ब फिर्ता गर्ने तयारीमा छौं,' उनले भने, 'हामी राiट्रपति र उपराiट्रपतिको निर्वाचन र राष्ट्रिय सभाको निर्वाचन सकेर त्यत्ति खर्च हो ।'

उनले आयोगले निर्वाचन खर्चमा खर्च कटौती गर्दै गइरहेको भन्दै आगामी दिनमा झनै कम खर्चमा निर्वाचन गर्ने गरी अघि बढिरहेको बताए । उनले निर्वाचनको पद्धति मिचेर खर्च गर्नेहरुले नै निर्वाचन खर्च घटाउनुपर्ने बताए । जनताको सार्वभौम सत्ता सम्पन्न जनताको मताधिकारमाथि प्रश्न उठ्ने कुरा गर्नु दलीय, निर्वाचन प्रणाली र संविधानमाथि प्रश्न चिह्न खडा गर्नुसरह भएको उनको भनाइ छ ।

उनले अहिलेको संविधान र संवैधानिक कानूनअनुसार निर्वाचन गर्ने भएकाले निर्वाचनको नाममा प्रणाली र संविधानमाथि गरिने आक्षेपपूर्ण अभिव्यक्ति नदिन चेतावनी दिए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले अर्को निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा अन्तिम मतदाता नामावलीमा नाम भएको कुनै पनि व्यक्तिलाई भोट हाल्न पाउने सुनिश्चितता गर्न कानून निर्माण गरिरहेको बताए । तत्काल नै स्थानीय तहको निर्वाचन र पहिलो हुने निर्वाचन प्रणालीमा भने त्यो अधिकार प्रयोग गर्न पाउनसक्ने अवस्था नरहेको उनले प्रस्ट पारे ।

प्रकाशित : माघ २०, २०७९ १६:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×