१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

आईएमएफको प्रक्षेपण : मूल्यवृद्धि दर २०२३ मा खुम्चिने छ 

काठमाडौँ — अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले २०२३ मा मूल्यवृद्धिदर केही संकुचन हुने प्रक्षेपण गरेको छ । सन् २०२२ को तुलनामा २०२३ मा मूल्यवृद्धि दर खुम्चिने आईएमएफको प्रक्षेपण छ । २०२२ मा मुद्रास्फिति दर ८.८ प्रतिशत रहेकोमा २०२३ मा ६.६ प्रतिशत रहने उसले अनुमान गरेको हो । २०२४ मा थप संकुचन भई मुद्रास्फिति दर ४.३ प्रतिशतमा सीमित रहने आईएमएफको प्रक्षेपण छ । 

आईएमएफको प्रक्षेपण : मूल्यवृद्धि दर २०२३ मा खुम्चिने छ 

आईएमएफले सन् २०२३ को लागि आर्थिक वृद्धिको लक्ष्य यसअघिको प्रक्षेपणभन्दा केही बढाएको छ । कोषले गत अक्टोबरमा सार्वजनिक गरेको ‘वर्ल्ड इकोनोमिक आउटलुक’मा विश्वको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने अनुमान गरेकोमा हाल (जनवरी)मा ०.२ प्रतिशत बिन्दु बढाएर २.९ प्रतिशत रहने अनुमान गरेको छ । यद्यपि २०२२ को तुलनामा भने आर्थिक वृद्धिदर खुम्चिने आईएमएफको अनुमान छ । २०२२ मा विश्वको आर्थिक वृद्धि ३.४ प्रतिशत रहेको आईएमएफले जनाएको छ । त्यस्तै सन् २०२४ मा भने आर्थिक वृद्धिदर ३.१ प्रतिशत पुग्ने उसको अनुमान छ ।


प्रकाशित : माघ १७, २०७९ १९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?