कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

विश्वका १० ठूला अर्बपतिको सूचीबाट बाहिरिए गाैतम अडानी 

काठमाडौँ — विश्वको तेस्रो धनी व्यक्तिका रुपमा स्थापित भारतीय व्यवसायी गौतम अडानी एक साताकै अवधिमा १० औं सूचीबाट बाहिरिएका छन् । अडानीका कम्पनीहरुको सेयर मूल्य समग्रमा ३६ अर्ब डलर घटेसँगै उनी विश्वका अर्बपतिको सूचीमा ११ औं स्थानमा परेका हुन् । ६० वर्षीय यी व्यवसायी अहिले ११ औं स्थानमा रहेको ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सले देखाएको छ ।

विश्वका १० ठूला अर्बपतिको सूचीबाट बाहिरिए गाैतम अडानी 

सो इन्डेक्सले अडानीको हाल सम्पत्ति मूल्य ८४.४ अर्ब डलर रहेको जनाएको छ । गत मंगलबार अमेरिकी इन्भेस्टमेन्ट रिसर्च कम्पनी हिन्डेनबर्गले अडानीका कम्पनीहरुको हिसावकिताब गडबडी तथा चलखेलबाट सेयर मूल्य उचालेको सम्बन्धमा एक प्रतिबेदन सार्वजनिक गरेको थियो । अडानीले २०२२ मा ४० अर्ब डलरले आफ्नो सम्पत्ति बढाएका थिए ।

जसकारण विश्वको तेस्रो स्थानमा रहेका अडानी ११ औं स्थानमा झरेका छन् । हिन्डेनबर्गले गत मंगलबार अडानी ग्रुपबारे 'कसरी विश्वका तेस्रो सबैभन्दा धनी व्यक्तिले व्यवसायको इतिहासकै सबैभन्दा ठूलो ठगी गररिहेका छन् ?’ शीर्षकको ३२ हजार शब्दमा एक खोजमूलक प्रतिवेदन प्रकाशन गरेको थियो । त्यसयता उनका कम्पनीहरूको सेयर मूल्य ओरालो लागेको छ । अडानी इन्टरप्राइजेज, ग्रीन इनर्जी, पोर्ट्स एन्ड सेज, पावर, ट्रान्समसिन, टोटल ग्यास, विल्मरलगायत अनेकौं कम्पनीका उनी मालिक हुन् ।

यस्तो छ ब्लुमबर्गको पछिल्लो बिलिनियर्स इन्डेक्स सूची


प्रकाशित : माघ १७, २०७९ १५:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?